बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

एनसिई र समन्वय ईकाईको आयोजनामा शैक्षिक सवालबारे अन्तरक्रिया

भदौ २४, २०७८
पर्वत : ‘मानब केन्द्रित पुनर्लाभका लागि साक्षरता : प्रबिधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइएको यस वर्षको अन्तराष्ट्रि साक्षरता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र शिक्षा विकास तथा समन्वय इकाईको संयुक्त आयोजनामा ‘विपद्मा शिक्षा अधिकार र प्रबिधि प्रयोगमा असमानताको सवाल’ को विषयमा सरोकारवाला निकाय तथा समुदायको बीचमा अन्तरक्रिया सम्पन्न भएको हो।
अन्तरक्रियामा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले यसै त आधुनिक प्रबधिकिो प्रयोग बढीरहेको बेलामा कोरोना कहरले शिक्षा क्षेत्रलाई झनै प्रबिधिमा धकेलेको बताए। सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकाहरु सूचना प्रणालीको पहुँचमा रहेको भए पनि ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरु भने बञ्चित रहनुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरे। जिल्लाका कतिपय स्थानीय तहहरुले शिक्षा क्षेत्रमा राम्रा कामहरु गरिरहेको भए पनि कतिपय स्थानीय तहहरु भने निदाएको अवस्थामा रहेको कारण शिक्षा क्षेत्रमा झनै चुनौती थपिएको पौडेलको भनाई छ। शिक्षा क्षेत्रमा देखिएका समस्याको एक मात्रै दोषी शिक्षकलाई देखाउने गरेकोमा असन्तुष्टी ब्यक्त गर्दै उनले कहिलेकाहीँ घरपायकका कारण भने समस्या हुने गरेको दावी गरे। ‘विद्यालयमा व्यवस्थापन समिति बनाउँदा नै हामीले शिक्षाप्रति चिन्ता गर्ने मान्छे नछानी राजनीतिक आडमा काम गरिरहेका छौँ।’ उनले भने, ‘शिक्षा खस्किनुको दोष शिक्षकलाई मात्रै लगाएर हुँदैन्। तीनै तहका सरकारदेखि, समाज र अभिभावक पनि यसका जिम्मेवार हिस्सा हुन्।’

कुश्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले पार्टीको अन्तरिक वा अन्तर पार्टी निर्वाचनको बेलामा शिक्षाप्रति चासो राख्ने व्यक्तिलाई निर्वाचाचित गराउन नसक्ने हो भने त्यस्तो खालको राजनीतिक नेतृत्वबाट शिक्षाका काम हुन नसक्ने उल्लेख गरे। आर्थिक रुपमा केही बलिया भएका परिवारका बालबालिकाहरुले अहिलेको प्रबिधिमा आधारित शिक्षाको अवसर पाइरहेको भए पनि ज्यालादारीमा काम गरेर जीविका चलाउँदै आएका परिवारका बालबालिकाहरु भने उपकरणको अभावमा समस्यामा रहेको पौडेलको भनाई छ। ‘जो बालबालिकाहरु उपकरणको पहुँचमा छैनन उनीहरुको लागि सबै मिलेर अभिया चलाएर उपकरण जुटाउन मिहिनेत गरौँ, हाम्रै टोलमा पनि त पढाउन सक्ने यूवाहरु हुनुहुछ, उहाँहरुलाई स्वयंसेवकको रुपमा प्रयोग गरौँ’ उनले भने, ‘अबका निर्वाचनमा जसले शिक्षा क्षेत्रलाई बुझेर माया गरेको छ उसैलाई नै भोट दिएर जिताऔँ। तब मात्र शिक्षा क्षेत्रले न्याय पाउने छ।’
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सदस्य कबिता बि.क ले अहिलेका असहज अवस्थामा प्रयोग भइरहेको शिक्षा सम्बद्ध प्रबिधिको प्रयोगमा लक्षित समूह भने नपरेको भन्दै दुःख व्यक्त गरिन। शिक्षा क्षेत्रमा सबैको योगदान बराबर रहेको भए पनि समस्यामा रहेको समुदाय समस्यामा परेको बेलामा सबैको सहयोगको आवश्यकता हुने उनको भनाई छ।

नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष तथा नारायण माध्यमिक विद्यालयका प्राधानाध्यापक गोविन्द प्रसाद पोखरेलले सामुदायिक विद्यालयका शिक्षकहरुको पनि परिवर्तनका लागि तत्पर रहेको बताउँदै यसमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए। शिक्षकलाई हेर्ने नजरमा सबैभन्दा पहिले परिवर्तन आउनुपर्ने भन्दै उनले राज्य र राजनीतिक दलहरुले मुखले घोषणा गरेर मात्रै परिवर्तनको सम्भावना नरहेको उल्लेख गरे। ‘२०२८ सालको पञ्चायती नियममा रहेर अहिले शिक्षण गर्नुपर्दा त्यसको उत्पादन के आउला? हरेक तरीकालाई बिद्यालय प्रशासन र शिक्षकका हातखुट्टा बाँधेर ल दौडी भनेर त कसरी दौडन सकिन्छ?’ पोखरेलले भने, ‘बिद्यार्थीले पनि जुमको पढाईलाई पढाई नै नमान्ने, अभिभावकले त्यसैलाई पत्याउने। समुदाय र बिद्यार्थीको सोचमा सचेतनाको आवश्यकता छ। राज्यले के कारणले अहिलेसम्म ऐन लुकाइरहेको छ? त्यसको पनि जवाफ आउनुपर्छ।’

कार्यक्रमको टिप्पणीकारको रुपमा रहेका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धीमराज पौडेलले शिक्षामा केही गर्छु भन्ने सोच रहेमा स्रोत र साधनको कमी नहुने बताउँदै धेरै विद्यालयमा अझै पनि उपकरणको भने समस्या भइरहेको बताए। वर्तमान अवस्थामा त्यो समस्याको समाधानको लागि स्थानीय सरकारको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै राज्यले सिमान्तकृत र समस्यामा रहेका बालबालिकाहरुलाई हेर्नुपर्ने उल्लेख गरे।
कार्यपत्र प्रस्तुत गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले शिक्षा क्षेत्र प्रबिधिमा बामे सरीरहेको बेलामा प्राबिधिक बिखण्डनको चुनौती भने बढीरहेको उल्लेख गरे। प्राबिधिक सामग्रीहरुको पहुँचमा रहेकाहरुले अवसरलाई छोप्न सकेको भए पनि यसको पहुँचमा नरहेकाहरु भने शिक्षाको अवसरबाटै बञ्चित रहनसक्ने चुनौती रहेको बताए। समयको परिवर्तनसँगै शिक्षकहरुले पनि आफैले आफैलाई परिवर्तन गरेर समय अनुसार चल्नुको बिकल्प नरहेको पहाडीको भनाई छ। पछिल्लो समयमा पठन संस्कृतिको अभाव हुँदै जाँदा बिद्यार्थीहरुले बिद्यालय छोड्ने जोखिम कायमै रहेकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदी, राष्ट्रिय दलित विकास संस्थाको तर्फबाट निर्मल नेपाली, शिक्षक तोयनाथ उपाध्याय, इन्द्र प्रसाद शर्मा, केशव शर्मा, जिल्ला बाल संगठन पर्वतका सभापति अर्जुन पौडेल ‘निर्जन’ लगायतले पनि कोरोना कहरको अहिलेको अवस्थामा प्राबिधिक असमानता बढीरहेको बताउँदै त्यसमा सबैको चिन्तन हुनु आवश्यक रहेको उल्लेख गरे।
शिक्षा विकास तथा समन्वय विकास ईकाइका कार्यात्रलय प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अभियानका सदस्य भीम नेपालीले गरेको थिए। कार्यक्रमको संचालन अभियान पर्वतका संयोक यज्ञ प्रसाद शर्माले गरेका थिए।
गैर नाफामूलक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शैक्षिक क्षेत्रको सुधारको लागि बहस, दबाब लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive