बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

किन पटक–पटक आउने जाने गरिरहेको छ बिद्युत?

असार १३, २०७९
पर्वत : दैनिक कैयौँ पटक बिद्युत आउने जाने गरिरहँदा उपभोक्ताहरुले बिद्युत सेवाबाट हैरानी खेपीरहेका छन्। पटक पटक बिद्युत आपूर्ति आउजाउ गर्दा विद्युतीय सामग्रीहरुमा असर पर्ने र निरन्तर चलिरहेका कामहरुमा पनि समस्या आउने गरेका कारण बिद्युत आपूर्तिमा नागरिकको गुनासो बढेको छ।
नेपाल बिद्युत प्राधिकरण पर्वतले बिजुली पटक पटक अबरुद्ध हुने र आउने बारेमा राखेको जानकारी मूलक सन्देश यस्तो छ।
बिजुली किन काटिन्छ ? आजकाल धेरैको चासोको बिषय रहेको छ। चासो हुनु पनि स्वाभाबिक नै छ । अहिले बर्षाको मौसम रहेको र हावा, पानी, चट्याङ, बाढि, पहिरो आदिको कारणले अन्य समयभन्दा यो मौसममा लाईन बन्द हुने गर्छ।
हाल नेपालमा लोडसेडिङ अन्तसँगै नेपाल विद्युत प्राधिकरण अन्तर्गतका हरेक वितरण केन्द्रहरूको टाउको दुखाइको विषय बनेको छ, जनसाधारणको प्रश्न बत्ती कहिले आउछ ? तर, प्रश्नले मात्रै समस्याको सामाधान हुँदैन।
एकछिन बत्ति निभ्न पाएको हुदैन, प्राधिकरणका नो लाइटमा रहेका फोनमा घन्टीको ओइरो लागेको हुन्छ। बत्ती के भयो? कति खेर आउछ? कहाँ गयो? कति समय लाग्छ? कहाँ के भएको हो? बत्ती किन काटेको हो? लोडसेडिङ गर्न थालेको हो? बत्ती छिटो पठाउनु त आदि।
बत्ती जाने कारणहरूः
१. वितरण लाइन, वितरण ट्रान्सफर्मर आदिमा समस्या आए वा अपग्रेड गर्नुपर्ने भएमा ः सबस्टेसनबाट निस्केको ११ के.भी.को वितरण लाइन (फिडर) मा ठाउँ–ठाउमा वितरण ट्रान्सफर्मरहरू राखी ४००÷२३० भोल्टका लाइन तानी ग्राहकको घर–घर विद्युत् पुर्याइएको हुन्छ । बत्ती जाने कारणहरूमध्ये सबभन्दा बढी कारण यसै वितरण लाइन तथा उपकरणबाट हुन्छ । तर, यी लाइनमा समस्या हुँदा कुनै क्षेत्र विशेषमा मात्र बत्ती हुँदैन।
वितरण लाइन तथा उपकरणमा हुने सामान्य समस्याहरू यसप्रकार छन् ः
क. कसैको घरको सर्भिस कनेक्शनमा समस्या आए सो घरमा मात्रै बत्ती हुँदैन।
ख. एल.टि. लाइन (४००÷२३० भोल्ट) को कुनै फेजको तार चुडिएमा सो लाइनमा चुडिएको तार पछि सर्भिस कनेक्शन भएका घरहरूमा बत्ती हुँदैन।
ग. वितरण ट्रान्सफर्मरको एलटी लाइन साइड मा ःऋऋद्य ट्रिप हुने वा ँगकभ जाने हुन सक्छ। यो समयमा त्यो तचबलकायचmभच बाट सप्लाई भएका ग्राहककोमा लाइन हुँदैन। यस्तो भए विद्युत् अफिसमा जानकारी गराउँ।
घ. वितरण ट्रान्सफर्मरको एच.टि .(११ के.भी.) साइडको फ्यूज गएमा। यस्तो बेलामा कतिवटा फ्यूज गएको छ सोही अनुसार बत्ती कुनै घरमा मधुरो त कुनैमा राम्रै वा नहुन पनि सक्छ। यस्तो भए विद्युत् अफिसमा जानकारी गराउँ।
ङ. ११ के.भी. लाइनको जम्पर आउट भएमा वा त्यसमा रहेका पिन वा डिक्स इन्सुलेटर फुटेमा ÷पञ्चर भएमा वा कुनै ठाउँमा तार चुडिएमा वा कतै पोल भाँचिएमा वा कतै रुखका हाँगा लागेमा सो फिडरमा रहेका ग्राहकहरूमा बत्तीको समस्या आउँछ।
च. वितरण ट्रान्सफर्मर जलेमा उक्त एरियामा लाइन हुँदैन र जलेको ट्रान्सफर्मरको ठाउँमा अर्को ट्रान्सफर्मर राख्ने बेलामा उक्त फिडरबाट सप्लाई भएका सबै ग्राहकको लाइन काटिएको हुन्छ।
छ. विद्युत् माग बढ्दै गएअनुसार ११ के.भी. एल.टी. लाइन तथा ट्रान्सफर्मरहरूको क्षमता बृद्धि गर्नुपर्दा लाइन बन्द गर्नूपर्ने हुन्छ । यस्तो बेलामा पनि सम्बन्धित फिडर वा सम्बन्धित ट्रान्सफर्मरहरूको लाइनमात्र बन्द हुन्छ।
ज. कतै वा कसैका घरमा आगलागी भएमा दुर्घटनाबाट जोगिन सम्बन्धित फिडर नै बन्द गर्नुपर्ने हुन्छ। र, सो ठाउँमा कर्मचारी नपुगुञ्जेलसम्म बत्ती बन्द नै हुन्छ।
झ. एच.टी. लाइनमा काग, चमेरो जस्ता चराहरू बसेर लाइन सर्ट गराउँदा फिडर ट्रिप वा तार चुडिने गर्छ । त्यस्तो समयमा घटनास्थलमा पुगी समस्या सामाधान गरेमा लाइन चालु हुन्छ।
२. हुरी बतास÷पानी परेको बेलामा ः
प्रायः जसो पानी वा सामान्य हावा आएकोे बेलामा लाइन बन्द गरिँदैन्। तर, पानी परेका कारण कतै पोल ढलेमा वा पानीको कारण बाँस वा रुखका हाँगाहरूले लाइनलाई छोएमा लाइन फल्ट भई ट्रिप हुन्छ। र, त्यो फल्ट नबनाउन्जेलसम्म बत्ती आउँदैन। हुरी बतास आएको बेलामा दुर्घटनाबाट बच्न लाइनहरू बन्द गरिएको हुन्छ। हुरी बतास बन्द भएपश्चात यसबाट भएको क्षति निरीक्षण गरी बिग्रेका लाइन मर्मत संभारपश्चात मात्रै लाइन चालू गरिन्छ। यस्तो बेलामा हुरी बतासले पुर्याएको क्षतिपूर्तिको अवस्था हेरी लाइन आउने समय भन्न सकिन्छ। सामान्य अवस्थामा पनि पानी परेको बेला लाइन ट्रिप हुने गर्छ।
३. सिस्टम ट्रिप÷फेल भएमा ः
सिस्टम भनेको राष्टिय प्रसारण लाइन (विधुतको मेरुदण्ड) हो जहाँ पावरहाउसबाट आएका लाइनहरू र पावर ग्रिडमा गएका लाइनहरू जोडिएका हुन्छन्। यसलाई नेशनल ग्रिड पनि भनिन्छ । एक्कासी विद्युत् खपत कम वा बढी भएमा सिस्टम ट्रिप हुन्छ। यस्तो बेला कतै पनि बत्ती हुँदैन र सिस्टम रिकभर हुन लगभग एक घाटा जति लाग्न सक्छ।
४. राष्टिय प्रसारण लाइनमा समस्या आएमा वा मर्मत संभार गर्नुपरेमा ः कहिलेकाहीँ राष्टिय प्रसारण लाइनको तार चुडिएमा वा डिस्क इन्सुलेटर बिग्रेमा पनि सिस्टम ट्रिप हुन्छ। यस्तो केसमा जुन सेक्सनमा समस्या आएको हुन्छ, त्यसलाई छुट्याई बाँकी लाइन सूचारु गरिन्छ । र, समस्या आएको सेक्सनको उचित मर्मत संभारपश्चात मात्रै लाइन सूचारु हुन्छ। यदि, तपाई समस्या आएको सेक्सनमा पर्नुभएको छ भने त्यहाँ समस्याको प्रकृति हेरी विद्युत् सुचारु हुन २ घण्टा देखि एक दूई दिन पनि लाग्न सक्छ।
५ . ग्रिड स्वस्टेशन रहेका उपकरणहरुका मर्मत संभार वा अपग्रेड गर्नू पर्ने भएमा ः पावरहाउसवाट उत्पादन भई आएको विद्युत्लाइन प्रसारण लाइनमार्फत पावर ग्रिडमा आउछ। र, त्यहाँ भोल्टेजलाई उचितस्तरमा डाउन गरी ११ के.भी., ३३ के.भी. र ६६ के.भी. का फिडरमार्फत ग्राहक कहाँ पुर्याइन्छ।
ग्रिड सबस्टेसन पावर ट्रान्सफर्मरसहित कन्ट्रोलिङ्ग तथा मिटिरिङ उपकरणहरु हुन्छन्। विद्युत् खपतको मागसँगै सबस्टेसनभित्रका उपकरणहरूलाई समय समयमा अपग्रेड गर्नुको साथै समय समयमा ती उपकरणहरू मर्मत संभार पनि गर्नुपर्ने नै हुन्छ। ग्रिड वा सबस्टेशनमा गरिने यी कामहरू बत्ती ननिभाई गर्न सम्भव हुँदैन। यस्तो बेलामा ती सबस्टेसनबाट प्रसारण भएको क्षेत्रमा बत्ती हुँदैन। काम र समस्याको प्रकृति अनुसार बत्ती कति खेर आउछ भन्न सकिछ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive