शनि, असार ७, २०८२
Sat, June 21, 2025

सवारी दुर्घटना न्यूनीकरण गर्न सदरमुकाम कुश्मामा ‘जेब्रा क्रसिङ’

अशोज ११, २०८०

पर्वत : सवारीको ठक्करबाट मानिसको मृत्यु हुने वा घाइते हुने मुख्यमध्येको एउटा कारण सडक पार गर्दा हो। पैदल यात्रीले सडक वारपार गर्दा ‘जेब्रा क्रसिङ’ बाट मात्रै गर्नुपर्ने ट्राफिक नियम छ।
‘जेब्रा क्रसिङ’ बाट बाटो काट्दै गरेका पैदल यात्रीलाई देखेपछि सवारीहरू रोकिन्छन्। पैदलयात्रीहरू वारपार भइसकेपछि मात्रै सवारीहरू आफ्नो गन्तव्यमा लाग्छन्, जसका कारण बाटो काट्दै गरेको अवस्थामा सवारीले मानिसलाई ठक्कर दिने सम्भावना निकै कम हुन्छ।
यसैका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारका बिभिन्न चोक तथा बढी भिडभाड हुने ठाउँहरुमा ‘जेब्रा क्रसिङ’ बनाएको छ। कुश्मा हुँदै जाने मध्यपहाडी लोकमार्गको ‘लेन’ मा निर्माण कम्पनीले ‘जेब्रा क्रसिङ’ बनाएको भए पनि बजारभित्र भने पैदल यात्रीले बाटो काट्ने स्थान तोकिएको थिएन। बजारमा पैदल यात्री र सवारी दुवैको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेर गएकाले दुर्घटना हुन नदिनको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको अगुवाइमा विद्यालय नजिकका सडकदेखि चोकहरुमा ‘जेब्रा क्रसिङ’ राखिएको हो।
कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सबैभन्दा बढी व्यस्त मानिएका र दुर्घटनाको जोखिम उच्च रहेका सडकमा ‘जेब्रा क्रसिङ’ राखिएको छ। ‘बजारमा मानिसहरूको चहलपहल बाक्लो देखिन्छ। कुश्मामा रहेका साहसिक खेल खेल्न आउने पर्यटकहरूको भिड पनि उस्तै छ। बजारमा मानिसको चहलपहल बढी देखिएको छ। अर्कोतर्फ सवारी साधनको संख्या पनि बढ्दै गइरहेको अवस्था छ,’ उनले भने, ‘सवारीहरू आफ्नै गतिमा गुड्ने, बाटो वारपार गर्न खोजिरहेकाहरूलाई महत्त्व नदिने गरेको देखियो। सवारीले पेलेपछि पैदल यात्रीले पनि जबर्जस्ती बाटो काट्दा दुर्घटनाको जोखिम बढ्दै गएकाले जेब्रा क्रसिङ बनाइएको छ।’
जिल्लाका ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म आउजाउ गर्ने तथा कुश्मा हुँदै बागलुङ, म्याग्दी र मुस्ताङका सवारीहरू आउजाउ गर्ने शिवालय चोक बढी व्यस्त देखिन्छ। सोही ठाउँमा मध्यपहाडी लोकमार्गको ४ लेनयुक्त सडक पनि रहँदा सवारीहरू तीव्र गतिमा गुड्छन्। लोकमार्गसँग मिसिनु पूर्व नै शाखा सडकमा ‘जेब्रा क्रसिङ’ राख्दा लोकमार्गमा हुने दुर्घटनामा कमी आउन सक्ने ट्राफिक प्रहरी बताउँछ।
कुश्मा बजारभित्रका सडकहरूमा खाल्डाखुल्डी भएको, सतह नमिलेको, लगायतका कारणले यस अगाडि ‘जेब्रा क्रसिङ’ निर्माण गर्न सकिएको थिएन।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive