बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

लिजामा पर्वतकै उत्कृष्ट स्थानीय तह बन्यो जलजला गाउँपालिका

पर्वत : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लोकल गभर्नमेन्ट इन्स्टिच्युसनल कप्यासिटी सेल्फ एसेसमन्ट–लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरूमध्ये सबैभन्दा प्रतिशत अङ्क प्राप्त गर्दै जलजला गाउँपालिका उत्कृष्ट बनेको छ।
गत आर्थिक वर्ष २०७९/८० को मूल्याङ्कनमा जिल्ला सबै स्थानीय तहहरूको औसत प्रतिशत ७२.२९ आएको बेलामा जलजला गाउँपालिकाले भने ९०.२५ प्रतिशत प्राप्त गरेको हो। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ मा क्षमता स्वमूल्याङ्कनको लागि विभिन्न १० वटा विषयक्षेत्रहरु समावेश गरिएका छन्। ती बिषयक्षेत्रभित्र एक सय वटा सूचकहरू राखेर प्रत्येक सूचकका लागि एक अङ्क भार राखेर मूल्याङ्कनको कुल पूर्णाङ्क एक सय राखिएको छ।
जसअन्तर्गत जलजलाले प्रशासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ५.२५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा २.५, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १४.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधारमा १२, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ तथा सहकार्य र समन्वयमा ३.५ प्रतिशत अङ्क प्राप्त भएको छ।
गाउँपालिकाले प्रशासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वित्तीय एवं आर्थिक व्यवस्थापन र सामाजिक समावेशीकरण सत प्रतिशत नतिजा ल्याएको छ।
यस्तै दोस्रो स्थानमा रहेको फलेवास नगरपालिकाले प्रशासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तथा सहकार्य र समन्वयमा क्रमशः ८, ६, ६.५, ९, १४, ६ गरी ७६.७५ प्रतिशत अङ्क प्राप्त गरेको छ। तेस्रो बनेको महाशिला गाउँपालिकाले निर्धारित विषयक्षेत्रहरुमा क्रमशः ८.५, ६.५, ९.५, १०.२५, १५ र ७ गरी ७५.७५ प्रतिशत तथा चौथो बनेको पैयुँ गाउँपालिकाले ७.७५, ५, ७, ७.२५, १२ र ४.५ गरी ७२.५ प्रतिशत अङ्क पाएको छ।
पाँचौँ स्थानमा मोदी गाउँपालिकाले ७.७५, ४.५, ८.५, ८.५, १२.५ र ७ गरी ७१.५, छैटौँ स्थानमा कुश्मा नगरपालिकाले ६.७५, ६.५, ७.५, ७.७५, ११.२५ र ४ गरी ६८ तथा सातौँ स्थानमा परेको बिहादी गाउँपालिकाले ६.५, ५.२५, २.५, ६.२५, १२.२५ र ५.५ गरी ५१.२५ प्रतिशत अङ्क प्राप्त गरेको छ।
स्थानीय तहहरूको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरूको जानकारी लिन, आवधिक योजनाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरूको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराउन स्वमूल्याङ्कन कार्यको सुरुवात गरिएको हो।
स्थानीय तहहरूले स्वमूल्याङ्कनको कार्य प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था छ। जसमा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मका तथ्याङ्कलाई आधार मानी सबै सूचकहरूको अङ्क गणना गर्नुपर्ने भनिएको छ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive