सोमवार, कार्तिक १९, २०८१
Monday, November 4, 2024
spot_img

मङ्गलबारदेखि अलपेश्वर गुफामा धनधान्याचल ज्ञानमहायज्ञ सुरु हुँदै

पर्वत : पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल अलपेश्वर गुफाको विकास र प्रवद्र्धनका लागि मङ्गलबारदेखि श्रीमद्भागवत महापुराण धनधान्याचल ज्ञानमहायज्ञ सुरु हुँदै छ ।
ख्याती प्राप्त पण्डित चन्द्रकान्त पौडेल प्रमुख कथा बाचकको रुपमा रहने ज्ञानमहायज्ञ कुश्मा नगरपालिका–९ कटुवाचौपारी स्थित अलपेश्वर गुफा परिसरमा माघ २९ गतेसम्म सञ्चालन हुने छ । अलपेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्र एवं मूल आयोजक समितिका अनुसार महायज्ञको पहिलो दिन माघ २२ गते बिहान पूर्वाङ्ग एवं कता महानुभावहरुका दिवङ्गत पितृहरुको फोटोकलश स्थापना, तोरण समर्पण एवं ध्वाजारोहणको कार्यक्रम रहेको छ। माघ २३ गते पूजा हजव, कलश शोभायात्रा परिक्रमा, भजन कृतन, दिप प्रज्वलन र उद्घाटनको कार्यक्रम रहेको छ ।
मङ्गलबार नै दिउसो एकबजेदेखि साँझ चार बजेसम्म संगीतमय झाँकी सहित श्रीमाद्भागवत कथा बाचन तथा दानबीरहरुको सम्मान कार्यक्रम रहेको छ । माघ २४ गतेदेखि २९ गतेसम्म हरेक दिन बिहान सातदेखि आठबजेसम्म रुद्राभिषेक, नित्य हवन पूजा, साढे १२ बजेसम्म पाठ पारायण, चार बजेसम्म सङ्गीतमय झाँकी, कथा प्रवचन र आरती, साँझ छ बजेदेखि राती नौ बजेसम्म कथावाचन र भजन कृतनको कार्यक्रम रहेको छ । माघ २९ गते लक्ष्यवर्ती प्रज्वलन र रातीमा भजन कृतन, फागुन एक गते बिहान गंगाजीमा फुलपाती बिसर्जन तथा क्षमापुजाको कार्यक्रम रहेको छ । ज्ञानमहायज्ञमा धान, चामल, जौ, तिल, घ्यू, धुपबत्ती, फुलप्रसाद सहित उपस्थित हुन सकिने प्रचार प्रसार समिति संयोजक केशबदास बैरागीले बताए ।
गुफाको आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै गएपछि महायज्ञ मार्फत विकास गर्न थालिएको हो । झण्डै डेढ दशक पहिले मात्र फेला परेको यो गुफा अलौकिक भएपनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन । सुरुवातका केहि वर्ष आन्तरिक तथा बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ ।
एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्ने सम्भावना भएकाले अलपेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्रले यहि माघ २३ गतेदेखि २९ गते सम्म महायज्ञ गर्न थालेको हो । तीन तलाको यो गुफाको मुख्य प्रवेशद्वार कटुवाचौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ । गुफा भित्र रहेका ताल तलैया र स–साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ । जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको छ ।
गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शंख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिन्छ । सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा–ज्ञादी र खरेहा–अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान नपुगेपछि महायज्ञ मार्फत आर्थिक संकलन गरेर प्रवद्र्धनको प्रयास गरिएको हो ।
विभिन्न जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम लगायत आन्तरिक र बाह्य पर्यटक नजिकै रहेको सदरमुकाम कुश्माका अग्ला पुल, बञ्जिजम्प र जीपलाई जस्ता क्षेत्रमा भरिभराउ हुने गरेपनि नजिकै रहेको यो गुफासम्म पुग्न सकेका छ्रैनन । समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूणर्, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive