शनि, माघ १०, २०८२
Sat, January 24, 2026

बालबालिकालाई पूर्वप्राथमिक तहमा भर्ना हुन खोप कार्ड चाहिने

बैशाख १४, २०८१

पर्वत : बालबालिकाहरूलाई पूर्व प्राथमिक तथा प्राथमिक तहमा भर्ना गर्दा खोप कार्डको अध्ययन गरेर मात्रै भर्ना गर्न भनिएको छ।

पूर्वप्राथमिक तह र प्राथमिक तहमा भर्ना हुने आउने पाँच वर्षसम्मका बालबालिकाहरू विद्यालयमा भर्ना हुन आउँदा उनीहरूका अभिभावकलाई बालबालिकाको नियमित खोपका सबै मात्रा पूरा गरे नगरेको यकिन गर्न स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ। बालबालिकाहरूलाई भर्ना गर्दा खोप कार्ड ल्याउन लगाइ उक्त खोप कार्ड हेरेर खोपका बारेमा अध्ययन गर्न भनिएको छ। बालबालिका र अभिभावकलाई खोप र पूर्ण खोपको महत्त्वबारे जानकारी गराएर हरेक बालबालिकाले निःशुल्क रूपमा पाउने खोपहरू समयमा नै लिने अवस्था सुनिश्चित गर्नका लागि हरेक विद्यालयमा खोप कार्ड ल्याएर मात्रै भर्ना गर्न आह्वान गरिएको स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख प्रविन शर्माले बताए।

खोप ऐन २०७२ को दफा ३३ मा ‘विद्यालयले बालबालिका भर्ना गर्दा निजको संरक्षक वा अभिभावकसँग बालबालिकालाई दिइएको खोप कार्ड माग गर्न सक्नेछ’ भन्ने प्रावधान रहेकोले विद्यालयले पाँच वर्षसम्मका बालबालिकाहरू भर्ना गर्दा यसै व्यवस्थालाई टेक्न पाउने शर्माको भनाइ छ। ‘बालबालिकाहरूले नियमित खोप नपाएको अवस्था रहेछ भने पत्ता लगाउने सजिलो तरीका विद्यालय भर्ना नै हो। भर्ना हुने बेलामा खोप कार्ड माग्ने हो भने छुटेकाहरू सहजै भेटिन्छन्’, उनले भने, ‘विद्यालयले राम्रोसँग खोज्दा सोही विद्यालयकै विद्यार्थी स्वस्थ हुन्छन्, यो देशले स्वस्थ नागरिक पाउँछ। बाल मृत्युदरमा कमी ल्याउने उपाय पनि नियमित खोप नै हुन्।’

खोपबाट बचाउन सकिने विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित गराउन नेपाल सरकारले नियमित खोप सेवाको माध्यमबाट देशभरी नै विगत लामो समय देखि खोप सेवा सञ्चालन गर्दै आएको छ। राष्ट्रिय खोप कार्यक्रमले नेपालमा बाल मृत्युदर घटाउनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ। तर, त्यसका लागि तोकिएका सबै खोपहरूको मात्रा पूरा भएको हुनुपर्ने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत अन्जली पौडेलका अनुसार बच्चा जन्मिने बित्तिकै बिसिजी खाेप त्यसपछि ६ हप्तामा रोटा ,पोलियो , पिसीभी, पेन्टाको पहिलो मात्र र १० हप्तामा रोटा , पोलियो, पिसीभि, पेन्टाको दोस्रो मात्रा लगाउनुपर्छ। यस्तै १४ हप्तामा पोलियोको तेस्रो मात्रा , एफआइपिभी पहिलो मात्रा ,पेन्टाको तेस्रो मात्रा लगाउनु पर्छ भने , ९ महिनामा पिसीभीको तेस्रो र दादुरा रुबेलाको पहिलो मात्रा, एफआइपिभी दोस्रो , १२ महिनामा जापनिज इन्सेफलाइटिस , १५ महिनामा दादुरा रुबेलाको दोस्रो मात्रा र टाइफाइडको खोप गरी सातपटक गरी १३ अन्तिजिन लगाउनुपर्ने तालिका छ। साथै गर्भावस्थामा पनि आमाले टीडी खाेप लगाउनु पर्छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive