मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

एस.ई.ई. : सामुदायिकतर्फ धौलागिरिमै सर्वोत्कृष्ट नारायण मा.वि, पर्वत टपर बन्यो नमूना

असार १४, २०८१

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार पर्वत जिल्लामाभरमा नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयले नतिजा हासिल गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका अनुसार सफलताले चार जिपिए प्राप्त गरेकी छिन भने दोस्रो स्थानमा हुवासको पर्वत इङ्लिस बोर्डिङ स्कुलकी रक्षा भण्डारी ३.९६ जिपिए सहित दोस्रो र नारायण माध्यमिक विद्यालय कुश्माका सुवास पोख्रेल ३.९१ जिपिए सहित तेस्रो स्थानमा आएका छन् ।
उत्कृष्ट १५ भित्र आएका अन्यमा नमूना अङ्ग्रेजी आवासिय मा.वि.का रोशन श्रेष्ठ, कुशल यादव, मन्दीप क्षेत्री, रिजुता शर्मा, श्रीषी पौडेल, आयुशा पौडेल, अभिमन्यू पि.सी, निर्मल जनसेवा मा.वि. त्रिवेणीका आशिष बसेल र अस्मित न्यौपाने, भवानी विद्यापिठ फलेवासका विपिन पौडेल तथा हिमालय माध्यमिक विद्यालय खुर्कोटकी प्रिती शर्मा रहेका छन् ।
प्रविधिक विद्यालयतर्फ माटेदेवल जनसहयोगी माध्यमिक विद्यालयबाट प्रतिक शर्मा र आशिष थापा क्षेत्री तथा नवजागृत मा.वि. तिलाहारका रोशन कुँवरले पनि उत्कृष्ट नतिजा ल्याएका छन् । यी १८ जनामध्येका सात जना सामुदायिक विद्यालयतर्फका विद्यार्थी हुन भने बाँकी ११ जना निजी विद्यालयका विद्यार्थी हुन् । सामुदायिकतर्फ नारायण माध्यमिक विद्यालयका सुवास पोख्रैेल जिल्लामा नै सार्वोत्कृष्ट भएका छन् ।
समग्र तथ्याङ्क हेर्दा पर्वतबाट ४ जिपिए ल्याउने एक जना, ३.६ देखि ३.९९ सम्म एक सय १६ जना, ३.२ देखि ३.५९ सम्म दुई सय ७५ जना, २.८ देखि ३.१९ सम्म तीन सय ५१ जना, २.४ देखि २.७९ सम्म दुई सय ११ जना, २ देखि २.३९ सम्म पाँच जना रहेका छन् । कुल नौ सय ७८ जना विद्यार्थी उत्तिर्ण हुँद एक वा दुई विषयमा नन ग्रेड आएकाको सङ्ख्या पाँच सय २८ रहेको छ भने तीन वा त्यो भन्दा बढी विषयमा नन ग्रेड आएकाहरुको सङ्ख्या चार सय ७४ रहेको छ ।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा पर्वतबाट दुई हजार भन्दा बढ विद्यार्थी सहभागी भएका थिए । जिल्लाका सात वटा स्थानीय तहमा रहेका विभिन्न १७ वटा विद्यालयहरूबाट दुई हजार २८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उनीहरु साधारणतर्फ एक हजार नौ सय ४० जना, आंशिकतर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना थिए ।
बोर्डका अनुसार देशभरबाट कुल चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा एक सय ८६ जनाको चार जिपिए आउँदा दुई लाख ४२ हजार ९२ जनाको नतिजा नन ग्रेड आएको छ । परीक्षामा सहभागीमध्येका ४७.८६ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण हुँदा ५२.१४ प्रतिशत विद्यार्थीहरु फेल भएका छन् ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ। ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्ने भनिएको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive