बुधबार, अशोज १६, २०८१
Wednesday, October 2, 2024

पर्वतको निषेधाज्ञा अनिश्चितकालसम्म कायम, तोकिएका पसलहरु पूरै समय खुल्ने

असार २५, २०७८
पर्वत : कोरोना कहरको दोस्रो लहर सुरु भएपछि पर्वतमा गत वैशाख २८ गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी हुँदै आएको छ। सुरुमा कुश्मा नगपालिका वडा नं. ४, ५, ६ र ७ मा निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लाका विभिन्न ठाउँमा संक्रमण फैलिने क्रम बढेपछि वैशाख २८ गते रातीबाट जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी भएको थियो।
जिल्लामा कोरोनाको संक्रमण उच्च रहेको एकै दिनमा एक सय भन्दा बढी जनामा संक्रमणको पुष्टि भएको थियो। तर अहिले संक्रमणको उच्च अवस्था भने घटेको अवस्था छ। डिसीसीएमसी पर्वतको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले हालसम्म एक÷एक हप्ताका लागि निषेधाज्ञा जारी गर्दै आएको थियो। तर अहिले भने प्रशासनले एकै पटक अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्धारा जारी गरिएको आदेशमा जिल्ला विपद् व्यवस्थापन समिति तथा डिसीसीएमसीको सिफारिसको आधारमा असार २४ गते राती १२ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने भनिएको छ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने, हिडडुल नगर्ने, अत्यावश्यक काम परी घरबाहिर निस्कँदा भीडभाड नगर्ने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, बाहिरी जिल्ला तथा जोखिमयुक्त क्षेत्रहरुबाट आउने व्यक्तिहरु अनिवार्यरुपमा क्वारेन्टिनमा बस्ने, बसाउने, सबै प्रकारका भेला, सभा, सम्मेलन, भेला, गोष्ठी, जात्रा, महोत्सव, तालिम, सेमिनारं सञ्चालन नगर्ने, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयमा भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन लगायत परिक्षाहरु संचालन नगर्ने, सरकारी कार्यालय परिसरमा साबुन पानी तथा स्यानिटाइजरको व्यवस्था गर्ने, सेवाग्राही तथा सेवाप्रदायक सबैले अनिवार्य रुपमा मास्क लगाउने लगायत स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी गराई सेवा प्रदान गर्ने, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, पार्क, ब्युटीपार्लर, सैलुन, कभर्डहल, जिमखाना, खेलकुद मैदान नखोल्ने तथा सञ्चालन नगर्ने भनिएको छ।
यस्तै औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने, तोकिएका बाहेकका पसल तथा व्यवसायहरु कम्तीमा २ मिटरको भौतिक दुरी कायम गरेर सञ्चालन गर्ने, व्यवसायी तथा ग्राहकले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिन भनिएको छ। एम्बुलेन्स, बिरामी बोक्ने सवारी साधन, दमकल, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, पशुपंक्षीका दाना, फलफूल, तरकारी, दुध तथा डेरीजन्य उत्पादन, माछा, मासु, पानी, कृषिजन्य उपकरण तथा सामग्री निर्माण सामग्री, ग्याँस तथा पेट्रोलियम पदार्थहरु, ढुवानी गर्ने सवारी साधन, विद्युत, खानेपानी, दुरसञ्चारसँग सम्बन्धित सवारी साधनहरु, परिचयपत्रवाहक स्वास्थ्यकर्मी, प्रेस पास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
अत्यावश्यक कामका लागि निजी सवारी साधन (दुई पाङग्रे तथा चार पाङ्ग्रे साधन) जिल्लाभित्र सञ्चालन गर्न सकिने, उक्त सवारी साधनमा सबै यात्रुहरुले मास्क लगाएको हुनुपर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्नुपर्ने, सिट क्षमताको आधा संख्यासम्म मात्र यात्रु राख्नुपर्ने, जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सिट क्षमताको आधा भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क लगाउने, सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी गराई सञ्चालन गर्न सकिने, निर्धारित दर भन्दा बढी भाडा लिन नपाइने, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्य पुजा मात्र गर्ने, घरदैलो तथा फिल्डमा खटिई गर्ने कार्यहरुबाहेक स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक कार्य गर्नका लागि बैंक, लघुवित्त, सहकारी तथा बीमा कम्पनीका कार्यालयहरु सञ्चालन गर्ने, सार्वजनिक निर्माण तथा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकहरुलाइ उद्योग परिसर बा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गर्ने गराउने, मापदण्डको पालनामा आयोजना प्रमुख तथा व्यवसायी जिम्मेवार ह्ने, निजी निर्माण कार्य अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालन गर्न सकिने भनिएको छ।
केही समय अगाडिबाट तोकिएका पसल तथा व्यवसायलाई दिउसो एक बजेसम्म मात्र सञ्चालनमा आउन दिइएकोमा अब भने त्यो सिमा हटेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive