बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

देशभर जस्तै पर्वतका शिक्षक पनि अनसनमा

पर्वत : देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्।

देशैभरका गाउँपालिकानगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म रिले अनसनमा बसेका हुन्। जिल्ला आन्दोलन परिचालन समिति पर्वतका संयोजक तथा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीका अनुसार शिक्षकहरुले विगतदेखि नै राख्दै आएका माग पूरा गराउन तथा राज्यसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गराउनको लागि चौथो चरणको आन्दोलनअन्तर्गत अनसनमा बसेका हुन्।

गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्नेशिक्षा ऐन जारी गर्नुपर्नेशिक्षण काउन्सिलको व्यवस्था हुनुपर्नेसंवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्नेराहतसाविकको उच्च मावि र बाल कक्षाका शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलाग्ने गरी आन्तरिक/खुला प्रतियोगितामार्फत स्थायी गरिनुपर्नेस्थायी शिक्षकलाई हरेक १० वर्षमा एक तह आवधिक बढुवाको प्रबन्ध हुनुपर्ने शिक्षकहरूको माग छ।

यस्तै निजी विद्यालयमा कार्यरत शिक्षक तथा सामुदायिक विद्यालयमा निजी स्रोतमा काम गरिरहेका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनुपर्नेप्राविधिक ग्रेडको व्यवस्था हुनुपर्नेशिक्षक अस्पतालको व्यवस्था हुनुपर्नेमहिला शिक्षकलाई सुत्केरी बिदा ६ महिना दिनुपर्ने र त्यो अवधिमा विद्यालयले सट्टा शिक्षक राख्न पाउनुपर्नेशिक्षक सेवा आयोगमा तत्कालै पदाधिकारी नियुक्त गर्नुपर्नेसबै शिक्षकले कोरोनाविरुद्धको खोप नपाएका कारण सबैलाई खोपको पहुँचमा ल्याउनुपर्ने लगायतका मागहरू पनि आफ्ना ३४ बुँदे माग पत्रमा समेटिएको अनसनमा रहेका शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले बताए।

आन्दोलन परिचालन समिति पर्वतका संयोजक भण्डारीका अनुसार पहिलो चरणमा गत वैशाख २० गते आन्दोलन भएको थियो। चरणवद्ध रूपमा आन्दोलन गर्दा पनि मागको विषयमा सुनुवाइ गर्न सरकार गम्भीर नभएकाले चौथो चरणमा समन्वय इकाईमा दुई महिला र तीन पुरुष गरेर पाँचजना शिक्षक तथा स्थानीय तहमा एक महिला र दुई पुरुष गरेर तीन जनाले पालैपालो अनसन बसिरहेका छन्।

अब पनि सरकारले मागको सुनुवाइ नगरेमा तथा पुराना सम्झौताहरूको कार्यान्वयन नगरेमा आउँदो भदौ १ गतेदेखि हरेक जिल्लाबाट प्रतिनिधिमुलक रूपमा शिक्षकहरू काठमाडौंमा पुगेर भौतिक रूपमा आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ।

शिक्षकलाई दोस्रो दर्जामा राखेर हर्ने काम सरकारबाट भइरहेको छ। विगतमा पनि कति सम्झौता भए ती कुराहरू कार्यान्वयनमा आएनन्। देशको मेरुदण्ड शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाउने काम भइरहेको छ‚’ भण्डारी भन्छन्, ‘सभ्य ढंगबाट गरिएका आन्दोलन सरकारले नदेख्ने रहेछअब हामी पनि भौतिक रूपमा काठमाडौंमा भेला भएर आन्दोलन गर्छौँ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive