शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

एनआरएनए जापानलाई खुल्ला पत्र

सुजन के.सी
समयलाई सस्तोमा बेचेर महंगो घडी लगाउनुको अर्थ छैन भन्ने बुझ्ने गरेको म समयसँगै समय सापटी मागेर विश्वको अति व्यस्त देश जापानको फुकुओका शहरको यो गर्मीमा दिनभरिको कामको थकान नभनी शरीरलाई आराम नदिई यो गर्मीले जस्तै भतभती पोलेको मनलाई सम्हाल्दै मनलाई शान्त पार्ने कोशिमा दिनभरि गह्रौ भारी उचालेको यो हातले मनको भाव कोर्दैछु ।
मलाई सम्झना छ करीब दुई वर्ष अगाडी एनआरएनए जापानको चुनावी मैदानमा अंक गणीतको जोड घटाउमा केही मतको अन्तरले मात्र पराजय भोग्नु परेका अध्यक्षको प्रत्याशीलाई खुला पत्र लेख्दै गर्दा अन्त्यमा वाक्यांश “नयाँ कार्यकाल २०१९–२०२१ का सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रा भन्दा पनि राम्रा कार्यक्रम अगाडी ल्याई जापानमा भएका सम्पुर्ण नेपालीको मन जिल्ने कोशिश गरेको शुभकामना ।”
सिर्जना गर्ने व्यक्तिलाई मात्र थाहा हुन्छ सिर्जना गर्दा कोरिएका शब्दको महत्व र माया । दुई बर्ष अगाडी लेख्दै गरेका ति शब्दको अहिले खुव माया लागेर आएको छ । कृपया मलाई माफ गर सुन्दररूपी ति शुभकामनाका शब्द मैले राम्रो दाउमा तिमीलाई प्रयोग गर्न सकीन ।
एकाद काम बाहेक विवाद, कल, झगडा र भ्रष्टाचारका कुरामा मात्र सीमीत रहन पुग्यो २०१९–२०२१ कार्यकाल, चाहे त्यो फुकुओकामा भएको साधारण सभा होस या १० औँ महाधिवेशन भएको ओशाका । आफूलाई स्मार्ट ठान्ने तर विचार र विवेकमा शुन्य भएका कोट, पाइन्ट र टाइमा ठाँटीएर आफुलाई सर्वेसर्वा ठान्ने एनआरएनए भन्ने अभियान्ताबाट मलाई डर लाग्छ । किनकि म पनि टाई कोट लगाएर हिँडने सामाजिक कार्य गर्न भने पछि हुरुक्कै हुने व्यक्ति घरमा बुढा भएका बाबा आमा र १० बर्षको छोरालाई छाडी सुन्दर भविष्य बनाउने उद्देश्यले जापानमा मेहनत गर्दछ । तर मैले गरेको मिहिनेत र सामाजिक काम के का लागि ? सोच्न बाध्य भएको छ । भर्खरै पाँच कक्षामा पढ्दै गरेको मेरो छोरा रुँदै भन्छ, ‘मलाई कसैसंग झगडा नगरी ज्ञानी भएर वस्नु है भन्ने तर बाबा तपाईँ टाई कोट लगाएर झगडा गर्दै हिड्ने ? त्यो पनि जापानमा ? जापान नै नदेख्नुभएका भएका मेरो स्कुलका सरले त जापानमा एक अर्कालाई माया र सम्मान गर्दछन भनेर । तर हजुर त नेपाली नेपालीबीच नै झगडा गर्नुहुनेरहेछ । झगडा गर्ने नै भए त नेपाल आएर गर्नुहोस । त्यसो गर्दा त बाबाको न्यानो काखबाट म टाढा रहनु पर्दैन नी ।’
छोरालाई सम्झिरहेको छु । नेपालमा भएको एउटा निर्दोस बच्चाको दिमागमा भएको कुरालाई म कसरी मेटाऊँ ? कृपया आफूलाई एनआरएनएका सामाजीक अभियान्ता भनी टाई कोट लगाएर स्मार्ट ठान्ने स्मार्ट एनआरएनए ज्यूहरु सक्नुहुन्छ राम्रो काम गरेर देखाउनुहोस, यदि गर्न सक्नु हुन्न भने खराब काम पनि नगर्नुहोस ।
हेर्नुहोस त १० वर्षे बच्चाको मष्तिस्कमा टाई कोट लगाउने व्यक्तिप्रतिको धारणा कस्तो रहेछ । आपूmलाई परिवर्तन गरौँ, किनकि आफूबाट नै परिवर्तको सुरुवात हुन्छ । आफूलाई परिवर्तन गराउन सकिँदैन भने अरुलाई परिवर्तन गराउन नसकिने कुरा त हामीले सुनेकै हो । यही कारण स्मार्टनेस शरीरमा होईन व्यवहार र काममा हुनुपर्छ ।
२०२१–२०२३ का नवनिर्वाचित अध्यक्ष शिव दाई र कार्यसमितिका सबैलाई सफल कार्यकालको शुभकामना । नयाँ अनुहार त समितिमा खासै छैनन, पुरानोले कति गरेको छ ? हामीले देखेका छौँ । तर अब सुधारिएको पुरानो अनुहारको नयाँ स्वरुपको नयाँ कामको झिनो आसामा हामीहरु छौँ ।
(लेखक केसी नेपालमा रहँदा लामो समय सञ्चारकर्मीको रुपमा रहेर काम गरेका व्यक्ति हुन उनी आठ वर्षदेखि जापानको फुकुओका सहरमा बस्दै आएका छन् ।)

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive