बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार

भदौ ११, २०८३

रसुवाः रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो। उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन्।

यसैक्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive