शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

एकीकृत सेवा कार्यालय कास्कीका कर्मचारीद्वारा बाढीपीडितलाई १ लाख ९ हजार सहयोग

भदौ १३, २०८३

पर्वत : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कास्कीस्थित एकीकृत सेवा कार्यालयका कर्मचारीहरूले १ लाख ९ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।
एकीकृत सेवा कार्यालय, कास्कीका कार्यालय प्रमुख (उपसचिव) राजेन्द्रबहादुर क्षेत्रीसहित कार्यालयमा कार्यरत ११ जना कर्मचारीले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूबाट रकम जम्मा गरिएको जनाएको छ ।
सहयोग गर्नेमा कार्यालय प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले १६ हजार ५ सय ५५ रुपैयाँ, सहायक प्रशासकीय अधिकृत हिरामणी आचार्य, कमलप्रसाद कँडेल र लेखाका सहायक प्रशासकीय अधिकृत गीता कुमारी शर्माले १२/१२ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, सहायक प्रशासकीय अधिकृत देवकी ढकाल, इन्जिनियर कुश अर्याल, नायब सुब्बा सुनिल भुसाल, सब–इन्जिनियर अमरेशकुमार यादव र कम्प्युटर अपरेटर विश्वराज गरुङले १०/१० हजार रुपैयाँ तथा कम्प्युटर अपरेटर जेनिशा रानाभाटले पाँचा हजार रुपैयाँ र कार्यालय सहयोगी सुनिता पौडेलले १ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।
कार्यालय प्रमुख क्षेत्रीले एक नेपालीको दुःखमा अर्को नेपालीको मन दुख्ने भएकोले दुःखको बेलामा सबैले सहयोग गर्न आह्वान गरेका छन् । हरेक व्यक्तिले सक्नेजतिको सहयोग गर्दा थोरै थोरै भएपनि ठूलो परिमाणमा सहयोग जुट्ने भएकोले अहिलेको प्राकृतिक विपद्लाई आफ्नै पिडाका रुपमा लिएर आफूहरुले सहयोग गरेको उनको भनाइ छ ।
भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । सरकारले समेत प्रभावित नागरिकको तत्काल उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive