बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

पहिरोमा परिवार गुमाएका माधवलाई पर्वत समाज कतारद्वारा आर्थिक सहयोग

कार्तिक २५, २०७८

कात्तिक २५, २०७८
पर्वत : पहिरोले घर पुर्दा परिवारका ५ सदस्य गुमाएका पर्वत दुर्लुङ्गका राम प्रसाद शर्मा (माधव) लाई पर्वत समाज कतारले आर्थिक सहयोग गरेको छ ।
भदौ १७ गते परेको मुसलधारे पानीको कारण गएको पहिरोमा परि आमा, श्रीमति २ छोरी र १ छोरा गुमाउनु भएका शर्मालाई पर्वत समाज कतारद्वारा सतचालिस हजार ४ सय चालिस बुधबार हस्तान्तरण गरिएको हो । १५ बर्ष देखी कतारलाई कर्मथलो बनाएका शर्मालाई परेको पिडामा थोरै भए पनि सहयोग पुगोस भनी संस्थाले आर्थिक संकलन गरी हस्तान्तरण गरेको संस्थाक सह–कोषाध्यक्ष एवं सहयोग अभियानका संयोजक सुवास जिसिले बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष शेषराज तिमिल्सिना, पर्वत समाज कतारका पुर्व अध्यक्ष चिन्तामणि पौडेल, पुर्व उपाध्यक्ष धन सुनार खाती, कोषाध्यक्ष महेन्द्र कुमार चालिसे, आर्थिक संयोजक भिमकान्त शर्मा, निवर्तमान सह–कोषाध्यक्ष सोम केसी, कार्यसमिति सदस्य चित्र बहादुर क्षत्री लगायतको उपस्थिति रहेको थियो ।
‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive