बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

संयुक्त राष्ट्रसङ्घमा जागिर लगाइदिने भन्दै यी २६ वर्षिय यूवाले गरे ठगी

फाल्गुन ३, २०७८

फागुन ३, २०७८
पर्वत : संयुक्त राष्ट्रसङ्घ (यु.एन) मा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार आफू ए.एन को इन्जिनियर र नेपाल राष्ट्र बैङ्कको कर्मचारी भएको बताउँदै यु.एन का सवारी साधनहरूमा चालकको काम लगाइदिने भनी ठगी गरेको आरोपमा डोटीको गाउँपालिका–२ बस्ने २६ वर्षिय दिनेश सिंहलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बुटवल प्रहरीको सहयोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरेको हो। आरोपित सिंहले कास्की सहित चितवन, मकवानपुर लगायतका जिल्लामा समेत सोही कार्यविधिबाट ठगी गरेको भन्ने बुझिएको र कास्कीमा उजुरी परेपछि पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ।
‘कास्की सहित चितवन र मकवानपुरका विभिन्न व्यक्तिहरूलाई पनि आफू ए.एन को इन्जिनियर र नेपाल राष्ट्र बैङ्कको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी परेको छ,’ डिएसपी तिवारीले भने, ‘झुक्यानमा पार्ने अनि जागिर लगाइदिन्छु भन्दै ठग्ने गरेको रहेछ। बुटवलबाट नियन्त्रणमा लिन सफल भएका छौँ। अरू कुरा अनुसन्धानबाट खुल्दै जाला।’
पक्राउ परेका सिंहका विरुद्ध कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
उनको साथबाट एक थान ल्यापटप, एक थान आइफोन १३, नगद ६७ हजार रुपैयाँ, नेपाल राष्ट्र बैङ्क लेखेको कार्ड होल्डर १० थान, पहेँलो सुनको जस्तो देखिने सिक्री र औँठी एक÷एक थान, नमस्ते तथा एनसेल कम्पनीका सिम कार्डहरू पाँच थान तथा अन्य विभिन्न व्यक्तिहरूका नागरिकताको प्रतिलिपि तथा ठगी गर्ने प्रयोजनार्थ बनाएका विभिन्न कागजातहरू बरामद भएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive