पर्वतमा हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले अग्रता कायम गरेका छन्। उनले पाँच हजार १८७ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले तीन हजार १९५ मत ल्याएका छन्। नेकपा एमालेका पदम गिरीले दुई हजार ७२५ मत हात पारेका छन्।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मनहरि तिमिल्सिनाले ६५२ मत ल्याएका छन्।




