पर्वत : नेपाल राष्ट्रिय शिक्षक संगठन, कुश्मा नगर समिति पर्वतको आयोजनामा हरितालिका तीज पर्वको अवसरमा आयोजित नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा इसिका पुरी प्रथम भएकी छन् ।
‘कृत्रिम बुद्धिमत्ता ः अवसर र चुनौती’ विषयमा आयोजित प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी पुरी प्रथम भएकी हुन् । प्रतियोगितामा काफलचौर माध्यमिक विद्यालयकी खुशीमान गिरी द्वितीय र नमुना आवासीय माध्यमिक विद्यालयकी सजता गिरी तृतीय भएकी छन् । त्यस्तै कालीगण्डकी एकेडेमीका सुयोग श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, कुश्मा नगर समिति, पर्वतको महिला विभागको आयोजनामा भएको प्रतियोगिता हरितालिका तीज पर्वको अवसरमा सञ्चालन गरिएको हो । प्रतियोगितामा विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ताले शिक्षा, प्रविधि तथा समाजमा सिर्जना गरेका अवसरसँगै यसबाट उत्पन्न हुन सक्ने चुनौतीका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला विकास गर्नुका साथै कृत्रिम बुद्धिमत्ताबारे ज्ञान र सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको छ ।
शिक्षक सङ्गठनको आयोजनामा वक्तृता : प्रथम बनीन नारायण मा.वि.की पुरी
भदौ १५, २०८३




