असोज १३, २०७८
पर्वत : जिल्ला जनगणना कार्यालय पर्वतले जनगणनामा गणकको रुपमा जानको लागि फाराम भरी त्यसको सर्ट लिस्टमा परेकाहरुलाई कार्यालयको सम्पर्कमा आउनुपर्ने भनेको छ ।
जिल्ला जनगणना अधिकृत ज्योती के.सी. का हनुसार केन्द्रिय तथ्याङ्क विभागबाट गत असोज ११ मा प्रकाशित भएको गणकहरुको सर्ट लिस्टीङमा परेकाहरुलाई यही असोज १४ र १५ गते कार्यालयमा जानुपर्ने भनिएको हो । सर्ट लिस्टमा परेका उम्मेद्वारहरुले आफूले अनलाईन फाराम भर्ने बेलामा पेश गरेका कागजातहरुको सक्कल विवरण समेत लिएर जानुपर्ने भनिएको छ ।
यसैबीच, अर्को एक सूचना जारी गर्दै जनगणना कार्यालयले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित भइरहेको जनगणनाको पहिलो चरणको घर तथा परिवार सूचीकरणमा चासो दिन आम नागरिकलाई अनुरोध गरेको छ । कुश्मा नगरपालिकाको वडा नं. ४, ९ र ११, फलेवास नगरपालिकाको वडा नं. १० र ११, जलजला गाउँपालिकाको वडा नं. ४ तथा बिहादी गाउँपालिकाका वडा नं. १, २ र ४ मा सूचीकरणको काम पूरा भएको जानकारी दिँदै कार्यालयले यदि कसैको घरमा सूचीकरण गर्ने कर्मचारी नपुगेको भएमा कार्यालयलाई जानकारी गराउन भनिएको छ । जनगणनाका कर्मचारी आए नआएको यकीन गरी नआएको भएमा जिल्ला जनणना कार्यालयमा खबर गनुपर्ने जनगणना अधिकृत ज्योती के.सीले बताइन् ।
सूचीकरणको बेलामा पुगेका कर्मचारीहरुले लिएको सूचीको आधारमा नै गणकहरुले काम गर्ने भएका कारण सूचीकरणको बेलामा कोही छुटेको भए त्यो वास्तविक गणनामा पनि छुट हुन सक्ने भएकाले सूचीकरणमा छुटेको भएमा कार्यालयमा सम्पर्क गर्न भनिएको उनको भनाई छ ।
गणकको सर्ट लिस्टमा परेकाहरु सम्पर्कमा जानुपर्ने
अशोज १३, २०७८




