शनि, असार २७, २०८३
Sat, July 11, 2026

कविता : तिमी शिक्षक

असार २७, २०८३

 तिमी शिक्षक
‘बा’ लाई ‘बा’ नभनेकोमा नसम्झाउनु,
‘आमा’ लाई ‘आमा’ भन्न नसिकाउनु ।

तिमी घर नबस्नु,
घर बसेर खेतीपाती नगर्नु ।
पशुपालन गर्छु नभन्नु ।

ज्यूँदाको जन्ती नजानु,
मर्दाको मलामी नबन्नु ।

समाजमा चेतनाका दुई–चार कुरा नगर्नु,
नजान्नेलाई थप नपढाउनु ।

लुगा नहेर्नु,
अनुहार नबुझ्नु,
थप जान्ने नहुनु ।

हामीले यति भन्दै–भन्दै पनि,
यदि तिम्रो करेसाबारीमा हरियाली आयो भने,
तिम्रो खेतमा सुनौलो धान झुल्यो भने,
लैनो भैँसी तिम्रै घरमा भयो भने,
संकटका बेला सारथी तिमी नै भयौ भने,
श्रमको उदाहरण तिमी नै बनेउ भने,
कसैलाई ‘यसरी गर’, ‘यसरी नगर’ भनेर
सही बाटो देखायौ भने,

र यति हुँदाहुँदै पनि
मानिसहरुले तिमीलाई
‘गुरु’ र ‘गुरुआमा’ भन्न छाडेनन् भने …

ओ शिक्षक !

अब हामी कसलाई थप पेल्नु ?
हामी कसमाथि राजनीति गर्नु ?

– दिनेश शर्मा, पर्वत

(लेखक शर्मा पर्वतको मोदी गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।)

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive