मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

नवौँ स्थापना दिवसमा रिलाएबल नेपाल लाइफद्वारा कुश्मा बजारका बिरुवामा ट्री गार्ड

भदौ १५, २०८३

पर्वत : रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नवौँ स्थापना दिवसको अवसर पारेर कुश्मा बजार क्षेत्रमा रहेका बिरुवाको संरक्षणका लागि ट्री गार्ड राखेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत कुश्मा बजारको भागमा पर्ने पोखरा–बागलुङ सडकखण्डको लेन डिभाइडरमा रोपिएका बिरुवाको संरक्षण गर्न तार तथा जालीबाट निर्मित ट्री गार्ड राखेको हो । सडकको सौन्दर्य अभिवृद्धि तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले लेन डिभाइडरमा रोपिएका बिरुवाहरू मानिस तथा सवारीसाधनका कारण क्षति पुग्ने सम्भावना रहेकाले तिनको संरक्षणका लागि ट्री गार्ड राखिएको कम्पनीले जनाएको छ । बिरुवालाई सुरक्षित राख्न ट्री गार्ड राखिएपछि सडकको सौन्दर्य कायम राख्न तथा हुर्किरहेका बिरुवाको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ट्री गार्ड राख्ने कार्यक्रममा कुश्मा नगरपालिका–७ का वडाध्यक्ष परशुराम पुरी, रिलाएबल नेपाल लाइफ इन्स्योरेन्सका एरिया हेड देवेन्द्रबहादुर घिमिरे, कुश्मा शाखाका प्रमुख बबिन परियारलगायत कम्पनीका कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणसँगै सार्वजनिक स्थलमा रोपिएका बिरुवाको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए । सडकको बीच भागमा रहेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न ट्री गार्ड उपयोगी हुने उनीहरूको भनाइ थियो ।
पछिल्लो समय सडक, सार्वजनिक स्थल तथा बजार क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि बिरुवा रोपिए पनि संरक्षणको अभावमा बिरुवा हुर्काउन चुनौती हुने गरेको छ । कुश्मा बजार हुँदै जाने पोखरा–बागलुङ सडकखण्डमा लेन डिभाइडरमा विभिन्न स्थानमा रोपिएका बिरुवालाई संरक्षण गर्न ट्री गार्ड राखिएसँगै ती बिरुवा हुर्काउन सहज हुने अपेक्षा गरिएको छ । यसले बजार क्षेत्रको हरियाली बढाउनुका साथै सडकको वातावरणीय तथा सौन्दर्य पक्षमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
रिलाएबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग तथा सामाजिक गतिविधि गर्दै आएको जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive