पर्वत : घर निर्माण, जग्गाको मूल्याङ्कन, बैंकिङ तथा वित्तीय कागजात तयारीदेखि विदेश अध्ययन, रोजगारी र भ्रमणका लागि आवश्यक कागजातसम्बन्धी विभिन्न सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित कालिगंगा इन्जिनियरिङ कन्सल्टेन्सी पर्वतको कुश्मामा सञ्चालनमा छ ।
कुश्मा नगरपालिका–५ मा रहेको कालिगंगा इन्जिनियरिङ कन्सल्टेन्सीले प्राविधिक, इन्जिनियरिङ, निर्माण तथा प्रशासनिक प्रकृतिका विभिन्न सेवाहरू एकै ठाउँबाट प्रदान गर्दै आएको छ । सेवाग्राहीले फरक–फरक कामका लागि विभिन्न कार्यालय तथा संस्थामा धाउनुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्यले कन्सल्टेन्सीले बहुआयामिक सेवा उपलब्ध गराएको हो ।
कन्सल्टेन्सीबाट घर तथा जग्गाको मूल्याङ्कन, घरको नक्सा डिजाइन तथा पास, निर्माण प्रयोगशालासम्बन्धी सेवा, माटो परीक्षण, कोर कटिङ तथा निर्माणको गुणस्तर परीक्षणलगायतका इन्जिनियरिङ सेवा उपलब्ध छन् । त्यस्तै, निर्माण कार्यका लागि लागत अनुमान, बीओक्यू (द्यइत्त), बिल तयारी तथा विभिन्न प्रकारका निर्माण कार्यसमेत गरिने कन्सल्टेन्सीले बताएको छ ।
बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित सेवाअन्तर्गत बैंक प्रयोजनका लागि घरजग्गाको मूल्याङ्कन, ऋण प्रक्रियाका लागि आवश्यक कागजात तयारी, अडिट रिपोर्ट, सीए रिपोर्ट तथा बैंक ब्यालेन्स सर्टिफिकेटसम्बन्धी सेवा पनि प्रदान गरिन्छ ।
त्यसैगरी विदेश अध्ययन, वैदेशिक रोजगारी तथा भ्रमणमा जाने सेवाग्राहीलाई आवश्यक पर्ने कागजातसम्बन्धी कामलाई समेत कन्सल्टेन्सीले प्राथमिकतामा राखेको छ । यसअन्तर्गत कागजात अनुवाद, नोटरी तथा प्रमाणीकरणमा सहजीकरण, वित्तीय कागजात तयारी, आम्दानी तथा सम्पत्ति मूल्याङ्कन प्रतिवेदन, अडिट तथा सीए रिपोर्ट र बैंक ब्यालेन्स सर्टिफिकेटलगायतका सेवा उपलब्ध छन् ।
इन्जिनियरिङ र वित्तीय सेवाबाहेक ई–बिडिङ, पीपीएमओ प्रोफाइल व्यवस्थापन, टेन्डर तथा बिल तयारीलगायतका प्राविधिक तथा प्रशासनिक सेवासमेत कन्सल्टेन्सीले प्रदान गर्दै आएको छ ।
विभिन्न क्षेत्रका सेवाहरू एउटै स्थानबाट उपलब्ध गराउने अवधारणासहित सञ्चालनमा रहेको कालिगंगा इन्जिनियरिङ कन्सल्टेन्सीले घर निर्माण तथा व्यवसायिक योजनादेखि बैंकिङ प्रक्रिया र वैदेशिक प्रयोजनका कागजातसम्मका काममा सेवाग्राहीलाई सहजता प्रदान गर्ने लक्ष्य राखेको छ ।
घर निर्माणदेखि विदेश यात्राका कागजातसम्मका लागि कालीगंगा इन्जिनियरिङ कन्सल्टेन्सी
मंसिर ४, २०८३




