मङ्ल, मंसिर २, २०८३
Tue, November 17, 2026

कुश्मामा सेभेन ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने

मंसिर २, २०८३

पर्वत : कुश्मा स्पोर्टस क्लब पर्वतको आयोजनामा स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय सेभेन ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
विद्यालय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको माध्यमबाट विद्यार्थीबिच आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले कुश्मा नगरपालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
“स्व.गजेन्द्र तुलाचनको प्रेरणा, खेलाडीको उज्ज्वल भविष्यको सिर्जना” भन्ने मूल नाराका साथ यही पुस ४ र ५ गते कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । विद्यालय स्तरका विद्यार्थीहरूमा लुकेर रहेको फुटबल प्रतिभालाई उजागर गर्दै खेलकुदप्रति आकर्षण बढाउने र स्थानीय स्तरमा फुटबलको विकासमा योगदान पु¥याउने अपेक्षासहित प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक राजन गुरुङले बताए ।
प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप २० हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा उपविजेताले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ,म्यान आफ दी म्याच, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षक लाई ट्रफी प्रदान गरिनेछ ।
खेल नाकआऊट चरणमा खेलाइने र उक्त प्रतियोगितामा कम्तीमा १५ वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको कुश्मा स्पोर्टस क्लबका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive