फागुन ४, २०७८
पर्वत : आफ्नो तर्फबाट मेडिकल उपकरणहरू, फर्निचर लगायतका विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेका लायन्स क्लबद्धारा पर्वत अस्पतालमा अवलोकन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीका अनुसार उक्त अवलोकन तथा भेटघाट कार्यक्रममा लायन्स क्लब अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई का निर्वाचित गभर्नर लायन राम बसेल, लायन्स क्लब अफ पर्वत गुप्तेश्वर का अध्यक्ष लायन अर्जुन पौडेल निर्जन, लायन्स क्लब अफ पर्वत भुमेकोट का अध्यक्ष नारायण कुँवर लगायतको सहभागिता रहेको थियो।
सो अवसरमा समितिका अध्यक्ष शंकर गिरीले लायन्स क्लबका पदाधिकारी ज्यूहरुलाई स्वागत गर्नुका साथै सहयोगका लागि धन्यवाद ज्ञापन गरे। भेटका क्रममा आगामी दिनहरुमा पर्वत अस्पताल र लायन्स क्लबबीचको सहकार्यलाई निरन्तरता दिने एवं अझ व्यवस्थित तरिकाले अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो।
पर्वत अस्पतालमा लायन्स क्लबको अवलोकन तथा भेटघाट
फाल्गुन ४, २०७८




