मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको अधिबेसनपछिको पहिलो बैठक सम्पन्न

बैशाख ३, २०७९

वैशाख ३, २०७९
पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको अधिबेसनपछिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ।
गत फागुनमा भएको अधिवेसबाट बनेको नयाँ कार्यसमितिको केही दिन अगाडि भएको पदस्थापनपछि शनिवार पहिलो बैठक सम्पन्न भएको हो। बैठकबाट विभिन्न पाँच ओटा निर्णयहरु गरिएको समितिका अध्यक्ष मिम शर्मा लामिछानेले जानकारी दिए।
उनका अनुसार बैठकले नगर कार्यसमितिमा मनोनित गर्ने गरी रिक्त रहेका पदहरु समावेशी सहसचिवमा सूर्योदय प्रा.वि. खुर्कोटका हुमनाथ भट्ट, खुल्ला अर्थ सहसचिवमा पाङ धैरेनी मा.वि. पाङका कमलप्रसाद शर्मा, खुल्ला सदस्यमा हिमालय मा.वि. खुर्कोटका प्रकाश पौडेललाई मनोनित गरिएको छ। यस्तै बाँकी रहेका संयोजकहरु अन्तर्गत कुश्मा नगरपालिका १० मा केशव पौडेल, १३ मा भानुभक्त सुवेदी र १४ मा ऋषिराम रिमाललाई चयन गरिएको छ।
यस्तै नगरपालिकाका १४ ओटै वडामा रहेका संयोजकहरुको संयोजकत्वमा प्रत्येक विद्यालयलाई सहभागी गराउने गरी वडा समिति निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसरी बन्ने समितिहरुलाई यही वैशाख २० गतेभित्रमा पूर्णता दिने तथा बाँकी रहेका शिक्षकहरुको नवीकरण गर्ने पनि अध्यक्ष लामिछानेले बताए। यस्तै शिक्षक संघको कामलाई प्रभावकारी बनाउनको रहने सल्लाहकार समूहका लागि शनिवारको बैठकले पाँच जनामध्ये तीन जनालाई चयन गरेको छ। उनीहरु बालकृष्ण शर्मा, तोयनाथ उपाध्याय र जनार्दन लामिछाने रहेका छन्। बाँकी रहेका दुई पदमा अर्को बैठकबाट मनोनित गर्ने निर्णय भएको छ।
यस्तै शिक्षक संघ कु्श्मा नगरपालिकाले गरेका कामहरुलाई आम नागरिक तथा शिक्षक र विद्यार्थीको माझमा लैजानको लागि नारायण मा.वि कुश्माका शिक्षक संजय तथा कुश्मा नगरपालिका–४ का संयोजक संजय रेग्मीलाई प्रवक्ताका रुपमा मनोनित गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive