बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

‘द हार्नेस जीपलाइन’ मा ९३ वर्षिय व्यक्तिले खेलको आँट गरेपछि …

वैशाख १०, २०७८
पर्वत : उमेरले ९३ वर्ष पुग्नु भनेको सहज कुरा होईन्। कोही मान्छे ९३ वर्षको उमेरमा पुगदा हिँड्दा र खाँदा पनि अरुको सहयोग चाहिन्छ। सामान्यतः यो उमेरमा पुगेका ज्येष्ठ नागरिकहरु बसी बसी गर्न सक्ने सामान्य कामहरु मात्रै गर्न सक्ने पनि हुन्छन्।
तर ९३ वर्षिय पुरुषले १६ सय मिटर लामो जीपलाईनको सहासिक खेलमा रमाउने आँट गरे भने धेरैलाई पत्यार नालग्न पनि सक्छ। तर पर्वत सदरमुकाम कुश्मा बजारमा रहेर धेरैको रोजाईमा परेको ‘द हार्नेस जीपलाइन’ मा एक जना ९३ वर्षिय बृद्धले जीपलाईन गरेपछि अरु धेरैलाई जीपलाइनको लागि हौसाएको छ।
‘द हार्नेस जीपलाइन’ का सञ्चालक राजकुमार बस्नेतका अनुसार ९३ वर्षिय थमनसिंह बानियाँले जीपलाईन गरेका हुन्। जीवनमा अहिलेसम्म सहासिक खेलको मज्जा नलिएको भए पनि पर्वतमा बढेको पर्यटकीय चहलपहलका कारण आफूले पनि जीपलाइनको लागि आँट गरेको उनले बताएका छन्।
‘चरा जसरी नै सररर उड्न रहर लागेको हो। जीवनमा यो कुरा पनि भोगेर मरौँ भन्ने लागेर आँट गरेको हुँ,’ बानियाँ भन्छन्, ‘मलाई जीपलाईनको लागि कत्ति पनि डर लागेन। बरु अरुले गरेको देख्दा मैले पनि किन नसकुँला र भन्ने आँट आयो। जीपलाईन गरेपछि थाहा भयो की जीवनमा एक पटक सबैले यस्तो खालको अनुभव लिनुपर्छ।’
कम्पनीका अध्यक्ष विदुर पौड्यालका अनुसार पछिल्लो समयमा पर्वतको जीपलाईनमा आउने पर्यटकहरुको संख्या निकै बढेको छ। शैक्षिक सत्रको अन्त्यको समय भएका कारण पनि यो बेलामा घुमघाम गरेर रमाउनेहरुको संख्या बढी हुने भएका कारण झनै जीपलाइनमा चाप बढेको उनको भनाई छ।
कम्पनीका निर्देशक सुनिलसिंह बानियाका अनुसार ‘द हार्नेस जीपलाइन’ कम्पनीले नै सञ्चालनमा ल्याउन लागि अत्याधुनिक सुविधा सहितको रिसोर्ट निर्माणको काम पनि अन्तिमतर्फ पुगेको छ। रिसोर्ट बनेपछि जीपलाईन र बसाईको व्यवस्थापन मिलेपछि पर्यटकहरुको आकर्षण झनै बढ्ने उनको भनाई छ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive