शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

पर्वत : चार वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

बैशाख ९, २०७९

वैशाख ९, २०७८
पर्वत : चार वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षिय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो।
छिनालमाथि वैशाख ८ गते साँझ सात बजेको समयमा वारी बेनीकै चार वर्षिया बालिकामाथि बलात्कार गरेको अभियोग लागेको छ। पर्वत प्रहरीका अनुसार छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारको लागी बेनी अस्पताल म्याग्दी लगिएको भनी आफन्तले बताएपछि प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको थियो।
घटनाको बारेमा सूचना पाए लगत्तै प्रहरी चौकी वारी बेनी प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाई घटना भएको भनिएकै मिति वैशाख ८ मा नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा रहेका छिनाललाई शुक्रवार करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive