बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

कुश्मा बजारमा भएको आगलागीबाट कम्तीमा १३ लाखको क्षति

वैशाख ८, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको एक घरमा बुधवार मध्यान्ह भएको आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार मध्यान्ह करिब १२ बजेको समयमा कुश्मा नगरपालिका–५ मा रहेको लक्ष्मी श्रेष्ठको घरमा रहेको गोविन्द टेलर्समा आगलागी भएको हो । विद्युत् सर्ट भएका कारण सुरु भएको आगलागीलाई करिब एक घण्टाको समयमा नियन्त्रणमा लिन सफल भएका कारण आगलागीबाट अन्य घरहरू जोगाउन सकिएको उनको भनाई छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी सहित पर्वतमा रहेको वारुण यन्त्रले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि छिमेकी जिल्ला बागलुङ सदरमुकाम बागलुङ बजारबाट ल्याइएको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
‘तल पसलमा गोविन्द टेलर्स थियो, माथि लत्ता कपडाहरू राखिएका रहेछन् । क्षति कति भयो भन्ने विवरण सङ्कलनको काम प्रहरीले गरिरहेको छ । पहिले त आगो नियन्त्रणमा खटियो,’ डिएसपी बुढाथोकीले भने, ‘पर्वतको वारुणयन्त्रले मात्रै सम्भव नभएपछि बागलुङबाट समेत वारुणयन्त्र ल्याएर आगो नियन्त्रणमा लिन सकियो । समयमै नियन्त्रणमा नआएको भएमा त्यस घरसँग जोडिएका अन्य घरमा पनि आगो फैलिने उच्च जोखिम थियो ।’
आगलागीबाट मानवीय कुनै पनि क्षति भने भएको छैन । तर पीडित परिवारले आगलागीमा तीन लाख नगद, १० तोला सुन, २० तोला चाँदी लगायतका सम्पत्ति नष्ट भएको बताएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive