मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

पर्वतमा अन्ततः गठबन्धनमै रह्यो जसपा

वैशाख १९, २०७९
पर्वत : पर्वतमा आफूहरूलाई सम्मानजनक रूपमा पद नदिइएको बताउँदै गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी अन्ततः गठबन्धनमै रहने निर्णय भएको छ ।
सोमबार बिहान गठबन्धनमा रहेका दलहरूबिच भएको बैठकमा सहमति भएको र जसपाले आफ्नो सबै शक्ति गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रयोग गर्ने सहमति बनेको जनता समाजवादी पार्टीकी जिल्ला अध्यक्ष देवी कुमारी क्षेत्रीले बताइन् ।
सहमतिसँगै कुश्मा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका ढाकाराम गौतम, उपप्रमुख पदमा उम्मेदवारी दिएकी इन्दिरा अधिकारी तथा मोदी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका डम्बरबहादुर केसीले गठबन्धनबाट साझा उम्मेदवार बनेकाहरूलाई सघाउने र केही वडा सदस्य सहितका पदहरूमा जसपाका उम्मेदवार नै कायम हुने गरी सहमति भएको उनको भनाई छ ।
‘सोमबार गठबन्धनको बैठकमा समझदारी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेकाहरूलाई जसपाले सघाउने र आफ्नो सबै शक्ति त्यसमै प्रयोग गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘केही वडामा हाम्रा उम्मेदवारहरूकै उम्मेदवारी कायम रहने भनेर सहमति बनेको हो । कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार तथा मोदी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारले पनि गठबन्धनकै उम्मेदवारलाई नै सघाउनुहुने छ ।’
जनता समाजवादी पार्टी कुश्मा नगर कमिटीका अध्यक्ष महोदत्त शर्माले गठबन्धनलाई बलियो बनाउनको लागि केन्द्रीय संयन्त्रबाट आएको निर्देशन अनुसार आफूहरूले जिल्लामा पनि सहमति गरेको उनले बताए । पर्वतमा गठबन्धनको भागबन्डा मिलाउनको लागि सुरुबाट नै कसरत भएको भए पनि बिचमा कुरा नमिल्दा आफूहरूले गठबन्धन बाहिरबाट उम्मेदवारी दर्ता गराएको उनको भनाई छ । तर सोमबारको बैठकबाट यी सबै कुरामा सहमति भएका कारण आफूहरू गठबन्धनमा नै रहने निर्णय गरिएको अधिकारीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive