वैशाख ३० गते हुनगई रहेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस पर्वतले एक संकल्प–पत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले जिल्लाका सातै वटा पालिकामा स्थानीय सरकार निमार्ण गरे पश्चात आगामी पाँच वर्षमा गर्ने कामहरुको नीतिगत योजना सो संकल्पत्रपमा उल्लेख गरिएको छ । मंगलवार वि.पी. स्मृती भवन कुश्मामा आयोजित पत्रकार सम्मेलन मार्फत संकल्पपत्र सार्वजनिक गरिएको हो । नेपाली कांग्रेस पर्वतको गत वैठकले पाटीका पुर्व सभापति एवम् महाधिवेशन प्रतिनिधी नवराज गुरुङ्गलाई संकल्पपत्र निर्माणको लागि संयोजकतो केको थियो । सो बमोजिमउ हाँले विभिन्न क्षेत्रका व्यक्तित्वलाई सदस्यमा मनोनय गरी संकल्प पत्र तर्जुमा गर्नु भएको छ ।
१४ वुँदै नीतिगत प्रतिवद्धता पत्र र २५ वुँदै मुख्यमुख्य कार्यक्रमहरु संकल्पपत्रमा समावेश गरिएको छ । संकल्प पत्रमा स्थानीय तहमा कांग्रेसको सरकार वनेसंगै वास्तविक तथ्यांक संकलन गरी जन केन्द्रित योजना तर्जुमा गर्ने, सडक यातयात, आर्थिक विकास गर्दै सामाजिक विकासको क्षेत्रमा विद्यमान असमानतालाई अन्त्य गरी जन केन्द्रित विकासको शुरुवात गर्ने कुरा उल्लेख गरिएको छ । प्रविधि विकासलाई प्राथमिकता दिंदै हाल शुरु भई अधुरो रहेका विकास निर्माणलाई पुर्णता दिने संकल्प पत्रमा उल्लेख छ ।
जिल्लामा वढदो वसाई सराईलाई नियन्त्रण गर्न ग्रामीण क्षेत्रमा भौतिक पुर्वधार सुविधा, शिक्षा, स्वास्थ्य सुविधाको गुणस्तरमा सुधार गर्ने तथा सिचाई सुविधालाई प्राथमिकता दिंदै व्यवसायिक कृषि प्रवद्र्धनमा जोड दिने संकल्प पत्रमा उल्लेख छ । संभावित महामारी, प्राकृतिक प्रकोपको पुर्व तयारीमा जोड दिने, सामाजिक विवादलाई स्थानीय तहमा व्यवस्थापन गर्न न्यायिक समितिको क्षमताविकास गर्ने, सामाजिक सुरक्षाभत्ता पाँच हजार वनाई उमेरको हद ६५ वर्ष कायम गर्ने,महिला स्वयम् सेविकाको क्षमता विकास र समय सापेक्ष पारिश्रमिकको व्यवस्था गर्ने समेत संकल्प पत्रमाउल्लेख गरिएको छ ।
शिक्षित वेरोजगारलाई रोजगारीको व्यवस्था, अर्ध शिक्षित जनतालाई सीप विकास गरी स्वरोजगारको सृजना गर्ने उल्लेख गरिएको संंकल्पपत्रमा धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धनलाई पनि जोड दिईएकोछ । संकल्पपत्रमा कालिगण्डकी सभ्यताको रक्षा गर्ने देखि उद्योगी व्यवसायीको हित अनुकुल कर प्रणालीको विकास गर्ने, प्राकृतिक स्रोत साधनको अधिकतम् उपयोग गरी जिविको पार्जनमा सुधार ल्याउने, लगायत प्रशासनिक सेवामा सुधार गरी शुसासनको प्रत्याभुतीदिने कुराहरु उल्लेख गरिएको छ । संकल्पपत्र सार्वजनिक गर्दै संयोजक नवराज गुरुङ्गले हाल संयुक्त गठवन्धनले निर्वाचनमा सहकार्य गरी अगाडी वढेको हुँदा गठवन्धनको स्थानीय सरकारको संकल्पपत्रको रुपमा यस संकल्प कार्यान्वयन हुने वताउनु भएको छ ।
प्रदेश सभा सदस्य ललितकला गुरुङ्ग, पाटी उपसभापति चुडामणी शर्मा, कोषाध्यक्ष हेम शर्मा, पुर्व पाटी सचिव विश्व प्रसाई, महाधिवेशन प्रतिनिधी मिना के.सी., महाधिवेशन प्रतिनिधी कुल प्रसाद उपाध्याय लगायतका पाटीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी लगायत पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता पुर्व सभापति एवम् संयोजक नवराज गुरुङ्गले र सञ्चालन सचिव गुप्तनिधी शर्माले गर्नु भएको नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य सावित्री खत्री क्षत्रीले जानकारी दिनु भएको छ । ।