बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

शनिवार पर्वतका यी ठाउँमा विद्युत आपूर्ति नहुने

असार ११, २०७९

असार ११, २०७९
पर्वत : विद्युतीय तारहरु रहेको ठाउँमा रुख नजिकिएका कारण त्यसको सरसफाईका लागि शनिवार पर्वतका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिव प्रसाद गोशलीका अनुसार शनिवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बडागाउँको ११ के.भी फिडर र कुश्मा अम्बोट ३३ के.भी. फिडर अन्तर्गतका कुश्माको पुरानो बजार, चुवा, अम्बोट, परादी, लगायतका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको हो।
विद्युतीय लाइन नजिक हुर्किएका रुखहरुले बिद्युतीय तारहरु छुँदा बिद्युत प्रसारणमा समस्या भएको तथा बर्खा याम सर्किट नजिकै रहेका रुखहरु पल्टिएर लाइनमा क्षति गर्न सक्ने भएकाले पनि प्रसारण आसपासका रुखहरु काट्ने तयारी भएको केन्द्र प्रमुख गोशलीको भनाई छ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive