मङ्लबार, अशोज १, २०८१
Tuesday, September 17, 2024

पर्वत पत्र अनलाईन र साप्ताहिक विमोचन

साउन १२, २०७९
पर्वत : सञ्चार जगतमा सूचना र खोजको माध्यमलाई बलियो बनाउने गरी पर्वतमा नयाँ अनलाईन पत्रिका र साप्ताहिक पत्रिका बिमोचन गरिएको छ।
आर.के मिडिया प्रा.लि.ले सूचनाको डिजिटल माध्यमलाई उपयोग गर्दै पर्वत पत्र अनलाइन र छापा माध्यमको रुपमा हरेक बिहीबार प्रकाशन हुने गरी पर्वत पत्र साप्ताहिक सञ्चालनमा ल्याएको हो। बिहीबार पर्वत सदरमुकाम कुश्मा बजारमा बिमोचन कार्यक्रमको आयोजना गरी अनलाईन पत्रिका र साप्ताहिक पत्रिकालाई एकै साथ बिमोचन गरिएको हो।
दुवै सञ्चार माध्यमको बिमोचन गर्दै नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीले सञ्चार जगतमा सत्ता र नेतृत्व नै परिवर्तन गराउन सक्ने क्षमता हुने भएकोले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन ओटा अङ्गलाई नियाल्ने क्षमता राज्यको चौथो अङ्ग पत्रकारितामा रहेको बताए। विगतमा पनि निरङ्कुशता र सरकारको हेपाहा प्रवृत्तिको अन्त्य गर्नका लागि सञ्चार माध्यमहरुको अतुलनीय भूमिका रहेको बताउँदै उनले लोकतन्त्रमा लगातार जनताको खबरदारी चाहिने र त्यसमा सञ्चार जगतको साथ रहनुपर्ने उल्लेख गरे।
नेपालको सन्दर्भमा व्यवस्था परिवर्तन भए पनि जनताको निराशा हट्न नसकेको कारण राज्य र राजनीतिक व्यक्तिलाई निष्पक्ष खबरदारीको काम गर्ने जिम्मेवारी मिडियामा रहेको नेता जोशीको भनाई छ। स्वतन्त्र प्रेसमा दिगो लोकतन्त्र हुने भएकाले स्थापित सञ्चारमाध्यमहरुलाई जोगाइराख्ने जिम्मेवारी सबैको भएको पनि उनले बताए।
नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले बिमोचन गरिएका अनलाईन र साप्ताहिक आफ्नो उद्धेश्यबाट कहिल्यै पनि टाढा नहोस भन्दै शुभकामना व्यक्त गरे। सञ्चार माध्यमहरुले सत्य र तथ्य कुराको वकालत गरेमा मात्रै नागरिकको विश्वासय मिडियामा कायमै रहने भन्दै उनले नागरिकले आसा गरे अनुसार सिंहदरबार गाउँमा पुगे मात्रै की उद्धेश्य अनुसार काम पनि गरे? भनेर मिडियाले खोज्न सुझाए। पत्रिकारिताले मुलुकको बाटो देखाउने भएकाले पत्रकारमा कलमका माध्यमबाट मुलुक बनाउने सङ्कल्प लिनुपर्ने सभापति जोशीको भनाई छ।
नेकपा एमाले पर्वतका सचिव गोविन्द पहाडीले पत्रकारिता समाजको आँखा भएको उल्लेख गर्दै मिडिया स्थापना गर्ने प्रतिस्पर्धाका कारण खुलीसकेका सञ्चार माध्यमहरु बिस्थापित हुन सक्ने जोखिम रहेको बताए। सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई बलियो र त्यहाँ कार्यरत पत्रकारहरुलाई स्थापित गर्नेमा पनि सञ्चार जगतका लागि चुनौतीको विषय रहेको उनको भनाई छ। नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले समाजमा लुकेका कुराहरुको उजागर गर्न सञ्चारमाध्यमहरु सफल हुनुपर्ने धारणा राखे। पत्रकारिताले समाजलाई सकारात्मक दिशामा लैजाने उद्धेश्य बोकेको हुनुपर्ने उनको भनाई छ।
कार्यक्रममा शुभकामना मन्तव्य राखेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा, कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायतले पनि अनलाईन र पत्रिकाको निरन्तरताको शुभकामना दिँदै नागरिकका पिडा बोल्ने, राज्यका निकायलाई खबरदारी गर्ने र समाजको वास्तविक अवस्था देखाउने खालका सामग्रीहरु ती सञ्चारमाध्यमहरुमा ल्याउन सुझाव दिए।
पर्वत पत्र साप्ताहिकका अध्यक्ष शिव शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक रामकृष्ण लामिछानेले गरेका थिए भने स्वागत प्रकाशक मुना पौडेलले गरेकी थिईन्।

सोही अवसरमा नेपाल प्रेस यूनियनको हालै हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट पर्वतबाट केन्द्रीय समितिमा निर्वाचित भएका माया अधिकारी र साजन परियारलाई बधाई पनि ज्ञापन गरिएको छ।
लामो समयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आबद्ध रहँदै आएका उनीहरुले जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वार रहेर निर्वाचन पनि जितेर आएको खुसीयालीमा बत्राई ज्ञापन गरिएको हो। उनीरुलाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता अर्जुनप्रसाद जोशी सहितका अतिथिहरुले बधाई व्यक्त गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive