बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

अर्मादी फिडरबाट बिद्युत जाने क्षेत्रमा करिब एक हप्ता दिउँसोमा बिद्युत नहुने

भदौ ६, २०७९

पर्वत : पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न स्थानमा भदौ ६ गतेबाट करिब एक हप्ता दिउसोको समयमा बिद्यूत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीका अनुसार अर्मादी फिडरबाट विद्युत सेवा विस्तार गरिएका कुश्मा नगरपालिकाको छमर्के, अर्मादी, सहस्रधारा, मालढुङ्गा, खुर्कोट र पाङ तथा जलजला गाउँपालिकाको नाङ्लीवाङ, बनौँ र गाइखुरेमा विद्युत अबरुद्ध हुने भएको हो।
पर्वत वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने ती स्थानहरुमा विद्युत लाइन वरीपरी रहेका रुख, बाँस, घाँस काट्ने तथा ती लाइनमा प्रयोगमा रहेका ट्रान्सफर्मरहरुको मर्मत पनि गर्न लागिएकाले आउँदो भदौ ६ गतेदेखि ११ गतेसम्म विद्युत अबरुद्ध हुन लागेको हो। पर्वत वितरण केन्द्रबाट खटिएर जाने कर्मचारीहरुले बिहान १० बजेदखि साँझ ५ बजेसम्म रुख कटान तथा मर्मतको काम गर्ने छन्।
काम चलिरहेको अवस्थामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टा बिद्युत अवरोध हुने भए पनि बिहान र साँझको समयमा भने नियमित रुपमा नै विद्युत आपूर्ति हुने केन्द्र प्रमुख गोसलीले बताए। केन्द्रले विद्युत लाइनमा आएका समस्याहरुको मर्मत समयमा नै नगरेमा त्यसले दुर्घटना निम्त्याउने उच्च जोखिम हुने भएकाले केन्द्रबाट जाने कर्मचारीहरुलाई सहयोग गर्न स्थानीय नागरिकलाई अपिल पनि गरेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive