बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

सामुदायिक विद्यालयले गुणस्तरमा जोड दिऔँ : अध्यक्ष गुरुङ

भदौ ६, २०७९

पर्वत : पर्वतको बिहादी गाउँपालिका–४ वहाकी ठाँटीमा रहेको लक्ष्मीभबन माध्यमिक बिधालयको आज ५९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालय २०२० सालमा स्थापना भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिहादी गाँपालिका–४ वाहाकीका वडाध्यक्ष बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ रहेका थिए । कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख दिनेश भुसाल, कार्यपालिका सदस्य सबिता गुरुङ, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सहसचीव तिलक भुसाल, विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गा भुसाल लगायत जनप्रतिनिधिहरु, ब्यबस्थापन समितिका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख गुरुङले बिहादी गाउँपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा त्यती धेरै परिवर्तन नआएको बताउँदै अब भौतिक व्यवस्थापन भन्दा गुणस्तरमा जोड दिनुपर्ने बेला आएको बताए । गाउँपालिकामा रहेका धेरै विद्यालयमा भौतिक संरचनाको काम पूरा भएको भए पनि शैक्षिक गुणस्तर र तहगत रुपमा राखिएका उद्धेश्यहरु पूरा नभएकोले अबको जोड गुणस्तरमा हुनुपर्ने उनको भनाई छ । त्यसका लागि अभिभावक, शिक्षक र विद्यार्थीकोबिच रहने त्रिकोणत्मक सम्बन्ध बलियो हुनुपर्ने गुरुङको सुझाव छ । अभिभावकहरुले चासो दिएर सामुदायिक विद्यालयमा जाने र आफ्ना बालबालिकाहरुको सिकाइको अवस्थाका बारेमा विद्यालय प्रशासनसँग कुराकानी गर्ने गरेमा सिकाईको स्तरमा बृद्धि गर्न सकिने उनको भनई छ । अध्यक्ष गुरुङले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी नागरिकको करबाटै जाने भएकाले पनि हरेक नागरिकले सामुदायिक विद्यालयको विकास र गुणस्तरमा ध्यान दिनुपर्ने गुरुङको सुझाव छ ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive