बिहि, माघ १, २०८२
Thu, January 15, 2026

फलेवासमा नगर स्तरीय तिज गीत प्रतियोगिता हुने

भदौ ८, २०७९

पर्वत : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको फलेवास नगरपालिकामा नगर स्तरीय तीज गीत प्रतियोगिताको आयोजना गरिने भएको छ।
मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नगरपालिकाभित्रका लागि खुल्ला तिज गी प्रतियोगिताको आयोजना गरिएको हो। भदौ ११ गते बिहान १० बजेदेखि मोती सामुदायिक पुस्तकालयमा आयोजना हुने प्रतियोगिताको बिजेताले नगद १५ हजार रुपैयाँ पाउने छ। यस्तै द्धितिय र तृतियको लागि क्रमशः १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार राखिएको आयोजकले बताएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि एउटा वडाबाट एउटा मात्र समूह सहभागी हुन पाउने, एक समूहमा बढीमा सात जनासम्म हुन सक्ने, स्थानीय भेषभूषा झल्किने पहिरन सहितको अनिवार्य नृत्य राखिएको हुनुपर्ने, घरेलु हिंसाको अन्त्य गर्ने कथा भएको मौलिक गीत भएको हुनुपर्ने भनिएको छ। समूह दर्ता गर्नको लागि पाँच सय रुपैयाँ शुल्क राखिएको तथा भदौ १० गते साँझ पाँच बजेसम्ममा समूह दर्ता गरिसक्न पनि आयोजकले अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive