पर्वत : नेपालीहरुको दोस्रो महान् चाड शुभ दीपावलीको अवसरमा पर्वतको शंकरपोखरीमा खुला वडा स्तरीय पुरुष प्रथम शंकरपोखरी भलिबल कप–२०८३ को आयोजना हुने भएको छ ।
‘खेलकुद हाम्रो शान, खेलाडी राष्ट्रको पहिचान’ भन्ने नारा सहित शंकरपोखरी युवा सर्कलको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो । कात्र्तिक २० गतेदेखि २२ गतेसम्म शंकरपोखरीको पोखराचौरस्थित राम माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने सर्कलका अध्यक्ष बिनोद कुमार सुनारले बताए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टोलीले पुरस्कारस्वरप क्रमशः ५० हजार १११, ३० हजार १११ र १८ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै विधागत रुपमा बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बिस्ट लिबेरो, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट कोचलाई पनि पुरस्कार दिइने सर्कलले बताएको छ । खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आफ्नै वडाका खेलाडीहरु मात्रै हुनुपर्ने, एक टिमबाट खेलेको खेलाडी अर्को टीमबाट खेल्न नपाउने तथा प्रत्येक टीममा खेलाडी र कोच सहित १० जना हुनुपर्ने खेल संयोजक नबिन बि.क.ले बताए ।
शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
कार्तिक १५, २०८३




