बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

समाजसेवी रिजालद्धारा जलजलाका विद्यार्थीलाई सामग्री सहयोग

कार्तिक १३, २०८३

पर्वत : पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई हाल पोर्चुगलमा रहनुभएका समाजसेवी रामचन्द्र रिजालले जलजला गाउँपालिका विद्यार्थीलाई न्यानो कपडा तथा झोला वितरण गर्नुभएको छ ।
जलजला गाउँपालिका–७, बाँस्कोट, धाइरिङस्थित अमर आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीलाई सुइटर तथा विद्यालय लैजान प्रयोग हुने झोला वितरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग गर्नुभएकोमा रिजालप्रति धन्यवाद व्यक्त गर्दै यस्ता परोपकारी कार्यले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा सकारात्मक योगदान पु¥याउने बताउनुभयो ।
रिजालले यसअघि छोरी पूजा रिजालको विवाहमा दाइजो प्रथा अन्त्यको सन्देश दिन विवाह खर्च कटाएर पाङ, खुर्कोट तथा जलजलाका विभिन्न विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक तथा आर्थिक सहयोग गर्नुभएको थियो। साथै, ‘व्यावहारिक शिक्षा सिकौँ, सीप सिकेर आत्मनिर्भर बनौँ’ भन्ने सोचका साथ पर्वतका विभिन्न विद्यालयलाई करिब २५ थान कपाल काट्ने मेसिनसमेत सहयोग गर्नुभएको थियो ।
स्वर्गीय हजुरबुबा ज्योतिष शिरोमणि रमाकान्त रिजालको सेवाभाव र बुबा चण्डीप्रसाद रिजालको सामाजिक योगदानबाट प्रेरित उहाँले पारिवारिक खुसीलाई समेत समाजसेवासँग जोड्दै आउनुभएको छ। उहाँको निरन्तर सहयोगले विपन्न विद्यार्थीको शैक्षिक यात्रामा टेवा पु¥याउनुका साथै सामाजिक उत्तरदायित्व र परोपकारको प्रेरणादायी सन्देश दिएको छ ।
लक्ष्मी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक टीका तिवारीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive