सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध

घरमा छन् डेढ महिनाकी सुत्केरी श्रीमती र प्यारालाइसिसबाट पीडित बुबा

कार्तिक ९, २०८३

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा, रुग्दीका ४२ वर्षीय केशव शर्मा पौडेलका लागि अहिले जीवन बाँच्ने संघर्ष मात्र बनेको छैन, आफ्नो परिवारको भविष्य कसरी जोगाउने भन्ने असह्य चिन्तासँग जुध्ने परीक्षा बनेको छ ।
हिजोसम्म आफ्नै हातले श्रम गरेर परिवारको पेट पाल्ने, छोराछोरीको भविष्यका लागि सपना बुन्ने र दुःखसुखका साथ घरपरिवार चलाउने उनी आफैँ अरूको सहारा खोज्नुपर्ने अवस्थामा पुगेका छन् । एउटा सामान्य दैनिक कामका क्रममा भएको दुर्घटनाले उहाँको देब्रे हात खोसिदिएपछि परिवारको खुसी, भविष्यका सपना र जीविकोपार्जनको आधार एकैपटक संकटमा परेको छ ।
गत असोज ५ गते डालेघाँस काट्ने क्रममा ४२ बर्षिय पौडेल गम्भीर दुर्घटनामा परे । घाँस काटिरहेको अवस्थामा हंसियाको चोट आफ्नै देब्रे हातमा बज्रियो । उपचारका लागि उनलाई काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पु¥याइयो । उनको ज्यान जोगाए पनि चिकित्सकले देब्रे हात भने बचाउन सकेनन् ।
केशवको पिडा हात गुमाउनुमा मात्रै सिमित नभएर उपचारपछि घर फर्किएर सुरु हुने जीवनसँग जोडिएको छ । अब कसरी काम गर्ने ? कसरी परिवारको खर्च जुटाउने? श्रीमती र छोरीहरूको आवश्यकता कसरी पूरा गर्ने ? प्यारालाइसिसबाट पीडित वृद्ध बुबाको सहारा कसरी बन्ने ?
उनको घरमा डेढ महिनाअघि मात्रै सुत्केरी भएकी श्रीमती छिन् । सुत्केरी अवस्थामा आमालाई पर्याप्त पोषण, आराम, हेरचाह र भावनात्मक साथ चाहिन्छ । नवजात शिशुलाई पनि निरन्तर स्याहार र पोषणको आवश्यकता पर्छ । तर यस्तो संवेदनशील समयमा श्रीमान् आफैँ गम्भीर दुर्घटनामा परेर एउटा हात गुमाउनुपरेपछि परिवारमाथि आइपरेको पीडा असह्य छ ।
एकातिर श्रीमानको उपचार र भविष्यको चिन्ता, अर्कोतिर नवजात शिशुको स्याहार र घरपरिवारको जिम्मेवारी । श्रीमतीले शारीरिक र मानसिक रूपमा आराम गर्नुपर्ने समयमा परिवारको संकटले उनलाई चिन्तामा पारेको छ । सामान्य अवस्थामा पनि सुत्केरी अवस्थाको हेरचाह र शिशुको पालनपोषण चुनौतीपूर्ण हुन्छ । त्यसमाथि घर चलाउने मुख्य आधार नै दुर्घटनामा परेपछि परिवारका सदस्यले गम्भीर कठिनाई भोग्नुपरेको छ ।
उपचार र भविष्यमा गर्न सकिने कामको खोजी उनका लागि चुनौती बनेका छन् । परिवारको नियमित खर्च, सुत्केरी श्रीमती र शिशुको स्याहार, छोरीहरूको पालनपोषण तथा प्यारालाइसिसबाट पीडित बुबाको हेरचाहजस्ता जिम्मेवारी पनि टरेका छैनन् । यस्तो अवस्थामा परिवारलाई आर्थिक सहयोग मात्र होइन, पुनःस्थापित भएर आत्मनिर्भर जीवनतर्फ अघि बढ्न सक्ने आधार समेत चाहिएको छ ।
केशवको परिवारलाई अहिले सबैभन्दा बढी आवश्यकता साथ, सहानुभूति र सहयोगको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारले दुर्घटनापछि थपिएको कठिनाइ कसरी सामना गर्ने भन्ने चुनौती छ । उपचार र पुनःस्थापनाको प्रक्रिया, परिवारको दैनिक जीवन तथा बालबालिकाको भविष्य सुनिश्चित गर्न समुदाय, आफन्त, समाजसेवी, सहयोगी मन र देशविदेशमा रहनुभएका नेपालीहरूको साथ आवश्यक देखिएको छ ।
कसैका लागि सामान्य लाग्ने केही रकम पनि संकटमा परेको परिवारका लागि ठूलो राहत बन्न सक्छ । कसैले आफ्नो क्षमताअनुसार थोरै सहयोग गर्न सक्नुहुन्छ, कसैले केही बढी । कसैले आर्थिक सहयोग गर्न नसके पनि यो सहयोगको याचना अरूसम्म पु¥याएर सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेल्न केशका आफन्तहरुले अनुरोध गरेका छन् । यस्तो अवस्थामा केशवलाई सम्भव भएसम्म उपचार, पुनःस्थापना र परिवारको जीवनयापनमा सहयोग पुग्ने व्यावहारिक साथ चाहिएको छ ।
जीवनमा विपत्ति कसलाई, कहिले र कसरी आइपर्छ भन्ने कसैलाई थाहा हुँदैन । आज केशव पौडेलको परिवारमा परेको संकट भोलि अरू कसैको घरमा पनि आइपर्न सक्छ । त्यसैले दुःखमा परेका व्यक्तिलाई सहयोग गर्नु दया देखाउनु मात्र होइन, मानवीय जिम्मेवारी पूरा गर्नु पनि हो ।
कसैले गर्नुभएको थोरै सहयोगले पनि एउटा पीडित व्यक्तिलाई पुनः जीवनप्रति आशावादी बन्न मद्दत गर्न सक्छ । सुत्केरी आमालाई कठिन समय पार गर्न, नवजात शिशुको स्याहारमा साथ दिन, वृद्ध बुबाको हेरचाहमा सहयोग पु¥याउन र दुई नाबालिका छोरीको भविष्यप्रतिको आशा जोगाउन मद्दत गर्न सक्छ ।
केशवले आफ्नो देब्रे हात गुमाउनुभएको छ, तर उहाँको जीवनबाट आशा गुम्न नदिऔँ । दुर्घटनाले उहाँको शरीरमा अपूरणीय क्षति पु¥याएको छ, तसबैको सामूहिक साथले उनको जीवनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ । दुःखको घडीमा उनको परिवारलाई एक्लो महसुस हुन नदिऔँ । सहयोग गरौँ, सहयोगका लागि अरूलाई पनि प्रेरित गरौँ ।

सक्दो आर्थिक सहयोगका लागि तलको क्यू.आर. कोड स्क्यान गर्नुहोस् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive