पर्वत : पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा आगलागीबाट एक घर जलेको छ ।
मङ्गलवार बिहान करिब साढे १२ बजे स्थानीय ५५ वर्षीय दिल बहादुर गुरुङको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ढुङ्गा, माटोले बनेको तथा जस्ता पाताले छाएको तीन तले कच्ची घरमा आगलागी भएको हो । तर आगलागी कसरी सुरु भयो भन्ने हालसम्म पनि खुलेको छैन ।
घटनाको बारेमा जानकारी प्राप्त हुँदासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेल र नेपाली सेनाको दुर्लुङस्थित नयाँ रणभिम गुल्मबाट जमदार अमर बहादुर देउजाको कमान्डमा सुरक्षाकर्मीहरू पुगेर आगो नियन्त्रणमा लिएका छन् ।
कुश्मा नगरपालिकाको दमकल समेत लगेर बिहान करिब चार बजेको समयमा आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट घरसहित अन्य भौतिक सम्पत्तिको क्षति भएको भए पनि मानवीय तथा चौपायामा कुनै क्षति नभएको प्रहरीले बताएको छ ।
क्षतीको विवरण संकलन गर्ने काम मंगलबार बिहानबाट हुने र घटनाको बारेमा थप जानकारी लिने काम भइरहेको वडा सदस्य महेन्द्र कुमार गुरुङले बताए ।
क्षतीको विवरण संकलन गर्ने काम भइरहेको वडा सदस्य महेन्द्र कुमार गुरुङले बताए ।




