सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

कार्तिक १०, २०८३

पर्वत : विभिन्न काराणले स्वास्थ्य संस्थासम्म जान नपाएका तथा विशेषज्ञ सेवा लिन नपाएका बिरामीहरुको लागि पर्वतको मोदी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
ग्लोबल पर्वत समाजको आयोजनामा यही कात्र्तिक १४ गते मोदी गाउँपालिका–२ देउपुरको पातिचौरस्थित देउपुर नमुना अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा मुटुरोग, मधुमेश, रक्तचाप, स्त्री तथा प्रसूति, नाक, कान, घाँटी तथा जनरल रोगहरुको परीक्षण तथा परामर्श गरिने ग्लोबल पर्वत समाजले बताएको छ ।
ओम मेघाश्री फर्मास्युटीकल्स, मेडिप्लस हस्पिटल र निको पोलिक्लिनिकको प्राबिधिक सहयोगमा सञ्चालन गर्न लागिएको शिविरको व्यवस्थापन मोदी गाउँपालिकाले गर्ने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive