पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको भेलाले जुनियर रेडक्रस सर्कल र शिवालय बाल क्लव गठन गरेको छ ।
भेलाले प्रकाश श्रेष्ठको अध्यक्षतामा जुनियर रेडक्रस सर्कल गठन गरेको हो । सर्कलको उपाध्यक्षमा अन्जली नेपाली, सचिवमा समीर सुवेदी, सहसचिवमा प्रतिक चापागाईं, कोषाध्यक्षमा सुहाना पौडेल र सहकोषाध्यक्षमा अङ्किता गौडेल रहेका छन् ।
त्यसैगरी विनिता गिरीको अध्यक्षतामा शिवालय वाल क्लव गठन भएको छ । क्लवको उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा करुणा सुनार, सहसचिवमा सुहानी श्रेष्ठ, कोषाध्यक्षमा सन्दीप सुवेदी र सह कोषाध्यक्षमा करुणा रसाईली चयन भएका छन् ।
जुनियर रेडक्रस सर्कल र बाल क्लव दुवैको प्रमुख संरक्षकमा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईं र सहजकर्ताको रुपमा शिक्षक आनन्द पौडेल रहेका छन् ।
नवगठित जुनियर रेडक्रस सर्कल र बाल क्लवका विद्यार्थीहरु लाई शुभकामना तथा बधाई दिँदै प्रधानाध्यापक चापागाईंले विद्यालयमा स्वच्छ शैक्षिक वातावरण र अनुशासन विकास गर्दै विद्यालयका हरेक गतिविधिमा सक्रियतापुर्वक लाग्न निर्देशन दिएका छन् ।
शिवालयमा जुरेस र बाल क्लब गठन
