पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ ।
पुरानो समितिको तीन बर्षे कार्यकाल सकिएसँगै विद्यालयमा हालै भएको एक भेलाबाट दुई वटै समितिहरु नयाँ निर्माण गरिएका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिलिप रेग्मी तथा सदस्यहरुमा तारा रेग्मी, पार्वती रेग्मी र जानुका पौडेल जि.सी. रहेका छन् ।
यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा कल्पना भारती पुरी तथा सदस्यहरुमा आशा क्षेत्री, राजु नेपाली, देवराज परियार, सुस्मिता परियार, सुनिता परियार, सलिना बि.क, सम्झना परियार र दिलिप रेग्मी रहेका छन् ।
कालिका मा.वि. खुर्कोटमा नयाँ वि.व्य.स
भदौ २, २०८३




