आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

राहतका लागि पर्वत जेसीज र शिवालय युवा मञ्चले झन्डै १३ लाखका सामान र नगद जुटाए

भदौ २१, २०८३

पर्वत : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि पर्वत जेसीज र शिवालय युवा मञ्चले कुश्मा बजारमा सञ्चालन गरेको राहत सङ्कलन अभियानबाट ठुलो परिमाणमा खाद्यान्न, खानेपानी, लत्ताकपडा, औषधि तथा दैनिक उपभोग्य सामग्री सङ्कलन गरिएको छ ।
बाढीका कारण घरबार, धन सम्पत्ति तथा आफन्त गुमाएका परिवारलाई विपद्को कठिन घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले जेसीजका वर्तमान पदाधिाकरी सदस्यहरु, निवर्तमान अध्यक्ष सहितका पदाधिकारीहरु तथा सदस्यहरुm पूर्व पदाधिकारी तथा सदस्यहरु सहित शिवालय युवा विकास मञ्चका पदाधिकारी तथा सदहहरुमार्फत सञ्चालन गरिएको अभियानमा कुश्मा बजारका व्यवसायी, विभिन्न सङ्घ–संस्था, उद्योगी, सामाजिक अभियन्ता तथा सर्वसाधारणले उत्साहजनक रूपमा सहयोग गरेका छन् ।
सदरमुकाम कुश्मा बजारमा लगातार चार दिनसम्म सञ्चालन गरिएको राहत सङ्कलन अभियानमा सहयोगी हातहरूबाट आवश्यकताअनुसार विभिन्न प्रकारका सामग्री उपलब्ध गराइएको पर्वत जेसीजले जनाएको छ । अभियानका क्रममा पानी, चामल, चिउरा, नुन, चाउचाउ, भुजा, तेल, औषधि, त्रिपाल, सोयाबिन, बिस्कुट, आलु, टुथ पेस्ट र ब्रस, चियापत्ती, जिरा, धनियाँ, सर्फ, साबुन, चप्पल, थाल र प्लेट, ग्लास, ओडस, हर्लिक्स, मसला, टर्च, ग्लुकोज, डसना, सिरक लगायत तत्काल आवश्यक पर्ने खाद्यान्नदेखि स्वास्थ्य, सरसफाइ र कपडालगायतका सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग सङ्कलन गरिएको हो । करिब १२ लाख मूल्य बराबरका सामग्रीहरू कुश्मा बजार र आसपासका क्षेत्रमा सङ्कलन भएका थिए ।
राहत सामग्री सङ्कलन अभियानसँगै पर्वत जेसीजले झन्डै ६५ हजार रुपैयाँ नगदसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माले बताइन् । उनका अनुसार कुश्मा बजारमा चार दिनसम्म अभियान सञ्चालन गर्दा सङ्कलित सामग्रीलाई व्यवस्थित रूपमा वर्गीकरण गरी नेपाल जेसीजसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रमा पठाइएको हो ।
आफ्नो क्षमताअनुसार सहयोग गर्न चाहने व्यक्ति तथा व्यवसायीहरूले स्वेच्छाले राहत सामग्री उपलब्ध गराएका थिए । बजार क्षेत्रमा सञ्चालन गरिएको अभियानमा व्यवसायी तथा सर्वसाधारणले आफूसँग उपलब्ध खाद्यान्न, कपडा, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक वस्तु दिएर सहयोग गरेका थिए ।
विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले पर्वत जेसीजले राहत सङ्कलन अभियानलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको अध्यक्ष शर्माले बताइन् । ‘रसुवामा बाढीका कारण नागरिकहरूले ठुलो पीडा र क्षति व्यहोर्नुपरेको अवस्थामा उहाँहरूलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ भन्ने उद्देश्यले अभियान सञ्चालन गरेका हौँ’, उनले भनिन, ‘कुश्मा बजारमा चार दिनसम्म सञ्चालन गरिएको अभियानमा दाता, व्यवसायी, सङ्घ–संस्था र सर्वसाधारणबाट प्राप्त सहयोगले हामीलाई निकै उत्साहित बनाएको छ । झन्डै १३ लाख बराबरको राहत सामग्री सङ्कलन भयो ।’ सङ्कलन भएका सामग्रीहरू बाढी पीडित क्षेत्रमा लैजानको लागि नेपाल जेसीजसँग समन्वय गरिएको थियो ।
अभियानमा शिवालय युवा मञ्चले समेत सहकार्य गरेको थियो । सामाजिक तथा मानवीय काममा सक्रिय दुई संस्थाको सहकार्यमा सञ्चालन गरिएको अभियानमा युवाहरूले राहत सङ्कलन, व्यवस्थापन तथा सामग्री पठाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरे । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनासहित सञ्चालन गरिएको राहत सङ्कलन अभियानले विपद्मा परेका नागरिकका लागि स्थानीय समुदायले निर्वाह गर्न सक्ने मानवीय भूमिकालाई अभियानका रूपमा देखाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive