आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सङ्गीत तथा इलेकट्रोनिक्स व्यवसायीको अध्यक्षमा गिरी

भदौ २१, २०८३
पर्वत : पर्वत सङ्गीत तथा इलेकट्रोनिक्स व्यवसायी सङ्घको साधारण सभा तथा चौथो अधिवेशनबाट प्रकाश गिरी अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिवार कुश्मामा भएको अधिवेशनबाट आगामी तीन वर्षको कार्यकालको लागि अध्यक्षमा गिरी सहित उपाध्यक्षमा अमित घिमिरे, सचिवमा विष्णु जोशी, कोषाध्यक्षमा देवी गिरी, सहसचिवमा सुरेश आचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा प्रतीक्षा गौडेल, सुन्दर प्रधान, गोविन्द पौडेल, टङ्क चापागाईँ, दिपेश अधिकारी, विवेक श्रेष्ठ सर्वसम्मत भएका छन् ।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेलले सङ्गीत तथा इलेकट्रोनिक्स व्यवसायी सङ्घको संस्थागत प्रगति र एकताका लागि आफूले सधैँ सक्दो सहयोग गर्ने बताएका छन् । सङ्घ पनि पर्वत उद्योग वाणिज्य सङ्घकै एउटा महत्त्वपूर्ण अङ्ग भएकोले यसका लागि उद्योग वाणिज्य सङ्घले अभिभावकीय जिम्मेवारी पूरा गर्ने बताए । व्यवसायका प्रकार फरक फरक भएको भए पनि सबै व्यवसायी नै भएकोले व्यावसायिक एकताबाट उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु सबैको दायित्व रहेको उनको भनाइ छ ।
अधिवेशनको उद्घाटन सत्रमा निवर्तमान उपाध्यक्ष गोविन्द रिजालले स्वागत मन्तव्य राखेका थिए भने पर्वत उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कमल जि.सी र पर्वत सङ्गीत तथा इलेकट्रोनिक्स व्यवसायी सङ्घका पूर्व अध्यक्ष डम्बर गिरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यो सङ्घ कुश्माको झण्डै पहिलो व्यावसायिक एकतामा बनेको संस्था भएको नवनिर्वाचित अध्यक्ष गिरीले बताएका छन् ।  कुश्मामा सङ्गीत तथा इलेकट्रोनिक्स व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू एक भएर २०५२ सालमा नै संस्थागत गतिविधिहरू सुरुवात गरेको भए पनि औपचारिक रूपमा दर्ता भएर भने २०६७ सालबाट सक्रिय बनेको उनको भनाइ छ ।
यज्ञप्रसाद शर्मा
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive