शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विपदमा परेका जलजलाका तीन परिवारलाई ‘बुहारी ग्रुप’ पर्वतको राहत

अशोज २२, २०८३

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ फर्से केरावारीमा गएको विनाशकारी पहिरोबाट प्रभावित तीन परिवारलाई ‘हाम्रो बुहारी ग्रुप अफ नेपाल, पर्वत परिवार’ले राहत सामग्री प्रदान गरेको छ ।
ग्रुपकी सदस्य यमुना शर्माको माइतीघरमा गएको पहिरोले ठूलो क्षति पु¥याएपछि समूहले पीडित परिवारलाई सहयोग गरेको हो । पहिरोले एउटै परिवारका तीन दाजुभाइका घर तथा गोठमा रहेका धनसम्पत्तिसहितका सामग्री बगाएर कालीगण्डकी किनारमा पु¥याएको थियो । पहिरोपछि तीनवटै परिवार अहिले स्थानीयको आश्रयमा बसिरहेका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै समूहले आकस्मिक रूपमा राहत संकलन तथा वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार समूहका पाँच जना सदस्यको टोली पीडित परिवारको घरदैलोमै पुगेर तीनवटै परिवारलाई आवश्यक खाद्यान्न, बेड–बिस्तारा, लत्ताकपडालगायतका सामग्री हस्तान्तरण गरेको हो ।
राहत अभियानमा ‘बुहारी ग्रुप’ पर्वतसँगै बागलुङ र काठमाडौं टिमका सदस्यहरूले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग गरेका थिए । संकलित सहयोगबाट विपदमा परेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको ‘बुहारी ग्रुप’ अफ नेपालकी संयोजक लक्ष्मी तिवारीले बताइन् ।
आफ्नै संस्थाकी सदस्य यमुना शर्माको माइती परिवारसहित तीन परिवार विपत्तिमा पर्दा आफूहरू अत्यन्त दुःखी भएको र संकटको समयमा पीडितको दुःखमा थोरै भए पनि मलम लगाउन पाउनु संस्थाको वास्तविक ऊर्जा भएको उनको भनाइ छ । ‘विपत्ति र संकट कसैलाई पूर्वजानकारी दिएर आउँदैन, यो जुनसुकै बेला जोसुकैलाई पनि पर्न सक्छ’ भन्ने मान्यतासहित मानवीय सेवामा समूह आगामी दिनमा पनि निरन्तर सक्रिय रहने उनले बताइन् ।
पहिरोबाट ठूलो क्षति व्यहोरेका परिवारलाई दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै समूहले प्रार्थना गर्दै आगामी दिनमा पनि सुख–दुःखमा पीडित परिवारसँगै रहने प्रतिबद्धता जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive