बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

आजदेखि सोह्रश्राद्ध सकिँदै

अशोज २०, २०७८

काठमाडौं : हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ। वडादशैँ र तिहारजस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने विश्वास छ।

सोह्र श्राद्ध सकिएसँगै भोलिबाट बडादशैको नौरथा सुरु हुँदैछ। नौरथासँगै चाडपर्वको चहलपहल पनि शुरु हुँदैछ। नवरात्रको पहिलो दिन भोलि घटस्थापना हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive