बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतमा स्वर्गीय शुसील कोइरालाको सातौँ स्मृति दिवस यसरी सम्पन्न भयो

माघ २६, २०७८

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको सातैं स्मृति दिवस पर्वतमा आज एक कार्यक्रमका विच मनाइएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा उहाँको तस्विरमा माल्यापर्ण गरिएका हो । कोइराला ‘सन्त राजनैतिक नेता’का रूपमा पनि परिचित थिए । सो अवसरमा बोल्दै नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले स्वर्गीय कोइराला भएका बेला कांग्रेसलाई ठूलो दल बनाएको तथा नेपालको संविधान २०७२ जारी गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका कारण पनि कोइरालाले राजनीतिमा आफूलाई स्मरणयोग्य तुल्याएको बताउनुभयो ।

कोइरालाकै नेतृत्वमा नेपाली कांग्रेस देशको पहिलो शक्ति बनेको स्मरण गर्दै सभापति जोशीले कांग्रेसका कार्यकर्ताले सुशिल कोइरालाको अभाव महशुस गरेको बताउँदै उहाँले देखाएको बाटो अनुशरण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा उपसभापति डा.चुणमणी शर्माले उहाँको त्यागले नेपाल र नेपाली जनाताको विश्वास जोगाउन सकेको भन्दै उक्त विराश्त कायम राख्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस कुस्मा नगरपालिकाका सभापति किशोर भण्डारी,वडा नम्बर ४ का वडाध्यक्ष मिना कर्माचार्य,वडा नम्बर ५ का वडाध्यक्ष चित्रकला शर्मा,महिला नेतृ मुना लामिछाने,रामप्रसाद प्रँसाइ,सागर गिरी रेडियो शालिग्राामका स्टेसन म्यानेजर गोविन्द अधिकारी लगायतले स्वर्गीय कोइरालाको फोटोमा माल्यापर्ण गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive