मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

दुर्लुङमा नेपाली काँग्रेस सल्यान टोल समिती गठन

फाल्गुन १७, २०७८

फाल्गुन १७/ पर्वत

नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका वार्ड नम्बर ३, दुर्लङ का नौ वटा टोल मध्य सल्यानमा २३ सदस्यीय नेपाली काङ्ग्रेस टोल समिती गठन भएको छ ।

साबिकको दुर्लुङ गाबिस वार्ड नम्बर ५ रहेको सल्यानमा टोल समिती गठन गरिएको हो । यस भन्दा पहिले वार्ड कार्यसमिति दुर्लुङ को बैठक बसि लाख बहादुर हमाल लाई सल्यान टोल समितिको संयोजक तोकेको हुनाले हमाल कै सभापतित्वमा टोल समिति गठन गरिएको थियो । समितिको उपाध्यक्षमा गोपाल दमै, सचीवमा गोबिन्द रिजाल र कृष्ण प्रसाद रेग्मी, सहसचिवमा श्रीराम पोख्रेल र अनिश पोख्रेल, कोषाध्यक्षमा शंकर बिक सर्वसम्मत चयन भएका छन । यसैगरी सदस्यहरुमा मेख बहादुर चदरा, सरला शर्मा, देबि क्षेत्री, उमा पोख्रेल, सुदिना पोख्रेल, राधिका निउरे पोख्रेल, भिमादेबी शर्मा, शिव बिक, ओममती पाध्या, टिकाराम पाध्या, दुवराज रेग्मी, कृष्ण दर्जी, सुक बहादुर दर्जी, थर्कनाथ शर्मा, डिल बहादुर सार्की र शान्ती परियार लाई चयन गरिएको छ ।

सो अवसरमा नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-३, दुर्लुङ का पार्टी सभापति लेख बहादुर गुरुङले आगामी निर्वाचनमा काङ्ग्रेसलाई जिताउन र गाउँको बिकास कार्यमा सहज होस भनी टोल समिती गठन गरिएको बताउनुभयो । उहाँले यहि २१ गते कुश्मा नगरपालिका-३, दुर्लुङ को पार्टी कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम रहेकोले सबै काङ्ग्रेसप्रेमीहरुमा उपस्थितिकोलागी अनुरोध समेत गर्नुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-३, दुर्लुङ का सहसचिव रामशरण पोख्रेल, क्षेत्रीय प्रतिनिधि कुलराज पोख्रेल, गायत्री पोख्रेल, सल्लाहकार काशिराम पोख्रेल लगायत एक सय भन्दा बढिको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive