शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

पर्वत प्रहरीले बनायो गुप्तेश्वर गुफा जाने बाटो (फोटो फिचर)

फाल्गुन १७, २०७८

फागुन १७, २०७८
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले पवित्र धार्मिक स्थल गुप्तेश्वर गुफामा जार्ने सडकको मर्मत गरेको छ ।


गएको वर्खायाममा भएको भीषण वर्षाका कारण मध्यपहाडी लोकमार्ग स्थित चिलाउने चौतारातर्फको सडक खण्ड पहिरोले ध्वस्त बनाएको थियो । कुश्माक भण्डारीटोल तर्फको बाटोबाट मात्रै गुफामा जाँदा घुमाउरो हुँदा भक्तजनहरुलाई सास्ती भएपछि प्रहरीको टोली परिचालन गरेर चिलाउने चौताराबाट गुफामा सहजै आउजाउ गर्न सक्ने गरी सडक बनाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।


‘पहिरोले पुरानो बाटोको कुनै निशान नै नरहने गरी सडक ध्वस्त बनाएको थियो। चिलाउने चौताराबाट सिधै गुफामा झर्ने बाटो नहुँदा भक्तजनहरुले सास्ती भोग्नुपरेको थियो,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले निकै दुःखका साथ सडक बनाएको छ । अब गुफा आउजाउ गर्ने भक्तजनहरुलाई निकै सहज भएको छ ।’


विशेष गरी शिवारात्रीको दिन बिहानैदेखि रातीसम्म पनि भक्तजनहरुको आउजाउ हुने भएका कारण सडक बनाउनै पर्ने बाध्यता रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive