शनि, माघ १०, २०८२
Sat, January 24, 2026

समाजसेवी गुरुङद्धारा बाजुङको बाटोका लागि ५० हजार सहयोग

फाल्गुन १८, २०७८

सरिता पौडेल
फागुन १८, २०७८
पर्वत : हङकङमा रहेर पनि समाज सेवामा सक्रिय रहँदै आएका समाजसेवी दुर्गा गुरुङ (मिलन) ले आफ्नो पर्वतको मोदी गाउँपालिकामा बन्दै गरेको सडकको लागि आर्थिक सहयोग गरेका छन् ।
आफ्नो जन्मगाउँ समेत रहेको मोदी गाउँपालिका–५ बाजुङको फलाल्नेमा निर्माण भएको सडकलाई व्यवस्थित गर्ने नाली निर्माण गर्नको लागि उनले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । छापा–फलाल्ने सडक सहज भएमा स्थानीय नागरिकलाई सहज हुने भएकाले बाटोलाई सहज बनाउनको लागि आफूले आर्थिक सहयोग गरेको समाजसेवी गुरुङले बताए । ‘धेरै ठाउँमा सहयोग गरिएको छ, यो त आफ्नै गाउँको बाटो । आफ्नै गाउँलेहरुलाई सहज होला भनेर नाली निर्माणको लागि उक्त रकम सहयोग गरेको हुँ,’ उनले भने, ‘गाउँमा आवश्यक पर्ने पदमार्ग, विद्यालय, खानेपानी लगायतमा पनि सहयोग गर्दै आइरहेको छु ।’
बाटो निर्माण समितिका अध्यक्ष गोविन्द नेपालीले सडकलाई बाह्रैमास सञ्चालन गर्न सकेमा स्थानीय बासिन्दाको सास्ती कम हुने बताए । सोही अनुसार गुरुङले गरेको आर्थिक सहयोगबाट नाली निर्माण गरेरे सडकमा बग्ने पानीको उचित व्यवस्थापन गरेर सडकलाई सजिलो बनाउन लागिएको उनको भनाई छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive