बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

दमौलीमा भीषण आगलागी, हेलीकोप्टरबाट पानी खन्याईँदै

फाल्गुन २२, २०७८

फागुन २२, २०७८
पर्वत : तनहुँको सदरमुकाम दमौलीमा आगलागी भएको छ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेका अनुसार आइतबार बिहान सवा दश बजेबाट आगलागी सुरु भएको हो। स्थानीय भूपाल हार्डवेयरबाट सुरु भएको आगलागी भीषण बनेको र अहिलेसम्म ४÷५ ओटा घरहरू जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणमा लिनको लागि दमकलको प्रयोगले मात्रै सम्भव नभएपछि गृह मन्त्रालयसँगको सहकार्यमा हेलिकोप्टरबाट पानी खन्याएर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।
‘बिहान सवा दश बजेबाट आगलागी सुरु भएको हो। हेलिकोप्टर मगाएर पानी छर्कने काम भइरहेको छ। नियन्त्रणमा आएको छैन तर नियन्त्रण उन्मुख छ,’ सहायक प्रजिअ गैरेले भने, ‘३÷४ ओटा टहराहरू भत्काएर आगोलाई थप फैलिन नदिने प्रयास गरेका छौँ। कसरी सुरु भएको भन्ने बारेमा पनि केही खुलेको छैन।’
आगलागीबाट ठुलो क्षति हुन सक्ने अनुमान लगाइए पनि कति क्षति भएको भन्ने अझै यकिन हुन सकेको छैन।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive