मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

पिडाल्ना – काफलबोट सडकको उद्घाटन

फाल्गुन २०, २०७८

फागुन २०, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट र वडा नं. ३ दुर्लुङमा पर्ने पिडाल्ना, भिराहथाप्ला, धारापानी, काफलबोट सडक उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको सडकको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन।
सो अवसरमा बोल्दै गिरीले सडक सहित खानेपानी शिक्षा लगायतको क्षेत्रको विकासका लागि पनि आफूहरुले आवश्यक पहल गर्ने बताए। अहिले निर्माण भएको सडकले कृषकले उत्पादन गरेका उपजको बजारीकरणमा महत्वपूर्ण सहयोग मिल्ने बताउँदै हरेक टोल टोलमा सडकको आवश्यकता पर्दै गएको उनको भनाई छ।
‘यो सडकले यहाँका कृषि उपजलाई बजारीकरण गर्नका लागि महत्वपूर्ण योगदान दिने छ। यो बाहेक अब हरेक टोल टोलमा पनि सडकको आवश्यकता रहेको महशुस हामी सबैलाई भएको छ,’ उनले भने, ‘यस बाहेक पनि नागरिकको जीवनस्तरलाई माथि उठाउनको लागि जे गर्न सकिन्छ त्यसका लागि हाम्रो पहल हुने नै छ। तर आवश्यकताको बारेमा नागरिकलाई सम्बन्धित ठाउँमा आवश्यक दबाब दिएको हुनुपर्छ।’
अर्को प्रसंगमा बोमल्दै अध्यक्ष गिरीले राष्ट्रिय सम्प्रभुतामा आँच नआउने गरी एमसीसी पारित गरिएका कारण आम नागरिकले स्वागत गर्नुपर्ने बताए। व्याख्यात्मक रुपमा संसोधन गरेर संबिधान पारित गरिएका कारण त्यसले राष्ट्रियताको सवालमा असर नगर्ने उनको भनाई छ। विकासका लागि दातृ निकायसँग सहकार्य गर्नुपर्ने तर राष्ट्रियताको ख्याल गरेर त्या बारेको निर्णय गरिने र एमसीसी पारितमा पनि सोही गरिएको गिरीले बताए।
बाटो निर्माणको लागि पहल गरेका नेता मिनराज केसी अविरलका अनुसार उक्त सडक खुर्कोट, दुर्लुङ, क्याङ, बाजुङका नागरिकका लागि समेत उपयुक्त हुने छ।
सडक निर्माण समितिका अध्यक्ष रबिन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अविरलले गरेका थिए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive